काठमाडौं १७ जेठ ।
विनाशकारी भूकम्प पछि करिब एक महिना बन्दा रहेका विद्यालयहरु आजबाट सन्चालनमा आएका छन । यद्यपी अधिकांश विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थििति न्युन रहेको छ । बन्द विद्यालय आजबाट सञ्चालन गरिए पनि पठनपाठन हुन भने केही समय लाग्ने भएको छ ।
बालबालिकामा भूकम्पको त्रास कायमै रहेकाले त्यसबाट मुक्त गराउन केही दिन मनोरञ्जनात्मक तथा मनोपरामर्शका कक्षाहरु सञ्चालन गर्ने विद्यालयहरुको योजना छ ।
भूकम्पका कारण बन्द रहेको विद्यालय जेठ १ गतेदेखि सञ्चालन गर्ने तयारी भइरहँदा वैशाख २९ को अर्को शक्तिशाली पराकम्पले गर्दा सरकारले थप १५ दिनका लागि विद्यालय बन्दको घोषणा गरेको थियो ।
देशभरका १९ हजार कक्षाकोठा भूकम्पका कारण पूर्ण रूपमा ध्वस्त भएका छन् । भने करिब पाँच हजार कक्षाकोठामा आंशिक क्षति पुगेको छ । विद्यालयमा राखेर विद्यार्थीलाई पढाउन सक्ने अवस्था नभए पनि स्थिति सामान्य बनाउन भन्दै विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।