ताप्लेजुङमा पनि विश्व धुम्रपान दिवश मनाइयो

ताप्लेजुङमा पनि विश्व धुम्रपान दिवश मनाइयो

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ,१७ जेठ ।

आज विश्व धुम्रपान दिवश ताप्लेजुङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा जिल्ला प्रसाशनकार्यालयका शाखा अधिकृत भगीमानमादेनको प्रमुख आतिथ्यता, जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङको आयोजनामा “सुर्तीजन्य पदार्थको अवैध व्यापार रोकौँ” भन्ने मूलनारा सहित विश्वधुम्रमान तथा सुर्तीरहित दिवश मनाइएको छ ।

प्रभात फेरी बिहान७ बजेजिल्ला स्वास्थ्य  कार्यालय पाथीभरा चौकदेखि शुरु भई, गणतन्त्र चौक, जीमिपोखरी टोल, तोक्मे, शान्ति टोल, न्यूरोड, हुँदै विभिन्न स्थान परीक्रमा गरी पुन गणतन्त्र चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

बिहान ७ बजे शुरु भएको कार्यक्रम, प्रभातफेरी, जनचेतनामुलक गीत तथा साँस्कृतिक  कार्यक्रम गरेर ११ बजेसम्म गणतन्त्र चौकमा विश्व धुम्रपानतथा सुर्ती रहित दिवश मनाइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुखअतिथि भगीमानमादेनले हरेक वर्ष ३१ मेमा विश्व धुम्रपानतथा सुर्तीरहित दिवश मनाइने र यस वर्षको नारालाई सार्थक बनाउनको लागि सरोकारवाला निकायहरु र प्रसाशनले प्रमुखताका साथलागु गराउनमा उद्धत रहेको बताए ।

जिल्ला स्वास्थ्यकार्यालय प्रमुख डा.कृष्णहरी सुबेदीले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी