विश्व धुम्रपान दिवस आज

विश्व धुम्रपान दिवस आज

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 34.7K
    SHARES

काठमाडौ, १७ जेठ ।

आज विश्व धुम्रपान तथा सुर्ति रहित दिवस । सुर्तिजन्य पदार्थले मानव स्वास्थयमा पार्ने  नकारात्मक असर बारे सन्देश दिदै विश्वभर मनाइदैछ ।

धुमपानका कारणले हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठन धजय को अह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवश मनाउने गरिन्छ ।

यसवर्षको नारा सुर्तिजन्य पदार्थको अवैधानिक व्यापार रोकौ भन्ने तय गरिएको छ  ।  सुर्तिजन्य पदार्थको खपत कम गर्न प्रभावकारी निति निर्माण आवशयक रहेको तर्फ दिवसले विश्व समुदायको ध्यान आकर्षण गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपान सेवनका कारणले प्रत्येक वर्ष ६० लाख मानिसको ज्यान जाने गरेको छ ।

नेपालको तथ्याङकमा भने ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ ।

सुर्तीजन्य पदार्थको प्रयोगलाई मात्रै रोक्न सकेपनि ४० प्रतिशत क्यान्सरको भार घटाउन सकिने अध्ययनले देखाएको छ ।

सरकारले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई जरिवाना गर्ने, सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन गर्न नपाईने लगायतको व्यबस्था गरेको भए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी