काठमाडौं, १७ जेठ ।
गएराति रौतहटमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा नवजात शिशु सहित तीनजनाको मृत्यु भएको छ भने थप चार जना घाइते भएका छन् ।
विरगञ्जबाट सकुवापा तर्फ जाँदै गरेको ज १ च ३४३ नम्बरको एम्बुलेन्स र ना २ ख ९६ ९८ नम्बरको ट्रक चन्द्रपुर नगरपालिका वडा नं १३ मा आपासमा ठोक्किदा एम्बुलेन्स चालक रौतहट चन्द्रनिगाहापुर नगरपालिका टेकानपुरका ३० वर्षीय सुरेश विकको घटना स्थलमै मृतयु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका सुत्केरी सकुवापाका २२ वर्षीय हसिबुन खातुन र शिशु छोराको उपचारको क्रममा आज बिहान नेशनल अस्पतालमा मृत्यु भएको रौतहटका प्रहरी उपरीक्षक सानुबाबु थपलियाले जानकारी दिनुभयो ।
घाईतेहरुको वीरगंजस्थित नेशनल अस्पतालमा उपचार भैरहेको छ । ठककरपछि ट्रक चालक फरार रहेकाले खोजी कार्य भइरहको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline