लिपु लेक सम्झौताबारे नेपालले माग्यो चीन र भारतसँग औपचारिक जानकारी

लिपु लेक सम्झौताबारे नेपालले माग्यो चीन र भारतसँग औपचारिक जानकारी

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं, १७ जेठ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला त्रिदेशीय सीमामा पर्ने नेपाली भूभाग लिपु लेकलाई भारत र चीनको व्यापारिक नाकाका रूपमा विस्तार गर्ने सम्झौता  भएपछि नेपाल सरकारले यसबारे दुवै सरकारसँग औपचारिक जानकारी माग गरेको छ ।

यही मे १४ र १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा दुवैदेशबीच भएको ४१ बुदे सयुक्त सम्झौता भित्र नेपाली भूमि कालापानी लिम्पियाधुरामा व्यापारीक केन्द्र बनाउने सहमति भएको थियो तर लिपु लेक प्रयोगबारे पूर्वसहमतिअनुसार नेपाललाई कुनै जानकारी दिइएको थिएन।

’भारत र चीनबीच कहाँसम्म र कसरी सीमा विस्तार हुने हो भन्नेबारे कूटनीतिक च्यानलबाट प्रारम्भिक रूपमा बुझ्ने काम भएको छ’, परराष्ट्र प्रवक्ता ताराप्रसाद पोख्रेलले भने।

उनका अनुसार उक्त सम्झौताबारे चासो दर्साउँदै परराष्ट्र मन्त्रालयले भारतको नयाँदिल्लीस्थित नेपाली दूतावास र चीनको बेइजिङस्थित नेपाली दूतावासमार्फत भारत र चीन सरकारसँग जानकारी मागेको छ ।

४१ बुँदे सम्झौताको २८ औं नम्बरमा चीन र भारतबीच व्यापारिक गतिविधि बढाउन आवश्यक वार्ता गर्ने तथा सीमा नाका लिपु लेकसम्म विस्तार गर्ने उल्लेख छ । बुँदामा भारत र चीनका सीमा नाकाहरूलाई ’ब्रिज’ का रूपमा परिणत गरी द्विपक्षीय विश्वास र सहकार्य प्रवद्र्धन गर्नेसमेत उल्लेख छ।

नेपाली भूमि कालापानी क्षेत्रको लिपुलाई व्यापार विस्तार गर्न भारत र चीनबीच कसरी सहमति भयो ?  यहाँ हेर्नुस

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ