काठमाडौ, १७ जेठ ।
नेपाल निर्माण व्यवसायी मंहासंघले व्यवसायी संजय पौडेलमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
महांसंघले एक विज्ञप्ति प्रकाशित गरि निर्माण व्यवसायी सुर्य.बी.ए,इलाइट जेभि का प्रतिनिधि तथा इलाइट दकम्पनिका सञ्चलक पौडेलमाथि यहि जेठ १३ गते राति करिब ११ बजे आपराधिक सकुहले गोली प्रहार गरि सख्त घाइते बनाएको भन्दै त्यसप्रति महास्रघको ध्यानाकर्षण भएको जनाएको छ ।
पौडेलमाथि गोली प्रहार गरि उनको साथमा रहेको रकम पनि लुटपाट गर्दै ज्यान लिने प्रयास गरेको भन्दै यस्तो कार्यको भत्र्सना गरेका छ ।
भुकम्पका कारण मुलुक विपदमा फसेको भन्दै महासंघले यस्तो अवस्थामा पनि निर्माण कार्यमा खटिरहेका निर्माण व्यवसायीमाथि दिनहुँ ज्यान लिने नियतबाट गरिने आक्रमणबाट व्यवसायीहरु त्रसित भएको जनाएको छ ।
व्यवसायीक आचरण अनुरुप आफ्नो पेसामा सहभागी भई व्यवसायीक हितमा समेतत सक्रिय रहेका व्यक्तिहरुमाथि हुदै आएको आपराभिक र क्रुरतापुर्ण आक्रमणको महासंघले घोर निन्दा गरेको छ ।
बारम्बार हुने यस्ता घटनाहरुले सम्पुर्ण निर्माण उद्योगको साथ साथै देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको भन्दै महासंघले यस्ता गतिविधि यथासिघ्र नियन्त्रण गरि स्वतन्त्रतापुर्वक आफ्नो पेसा एवं व्यवसाय सञ्चालन गर्न पाउने वावरण निर्माण गर्न सरकारसंग माग गरेका छन ।
साथै महासंघले घटनामा संलग्न व्यक्तिहरुको तुरुन्त खोजी गरि कडाभन्दा कडा कारबाही गर्न समेत माग गरेको छ ।