अर्घखाची ,१६ जेठ ।
अर्घखाची ढाकावाङमा स्थानिय १५ वटा बिद्यालयका उत्कृष्ट छात्र छात्रालाई पुरस्कार तथा सम्मान गरीएको छ ।
कुलानन्द बन्जाडे स्मृति प्रतिस्ठानले शनिवार अर्घखाची ढाकावाङ गाविस पिपलनेटास्थित एक कार्यक्रमको आयोजनामा गरी २६ जना बिद्यार्थीहरुलाई सम्मान गरीएको हो ।
सम्मानित हुनेहरुमा १३ जना छात्र र १३ जना छात्रा रहेको प्रतिष्ठानका सल्लाहाकार लोकराज भुसालले जानकारी दिनुभयो ।
प्रतिष्ठानको नवौ स्मृती दिवशको सम्दर्भमा सो कार्यक्रममो आयोजना गरीएको थियो । कार्यक्रममा बोल्ने वत्ताहरुले कुलानन्दले पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका स्थानीय शिक्षक तथा वुद्धिजीवि बुद्धिबहादुर थापाले स्वर्गीय कुलानन्दले समाजमा पुर्याउनु भएको योगदान र उहाले देखाएको बाटोमा सबै लाग्न आवश्यक रहेको औल्याउनु भयो ।
उहाले प्रत्येक बर्ष उहाको सम्झनामा बिद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप गरीने सम्मान कार्यक्रमले बालबालिकालाई हौसला मिल्ने बताउनु भयो ।
प्रतिस्ठानका संरक्षक गुमादेवी बन्जाडेले बिद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको सन्चालन चन्द्रबहादुर केसीले गर्नुभएको थियो ।