काठमाण्डौ, १६ जेठ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भुकम्प पीडितलाई त्रिपाल भन्दा जस्ता दिनु आवश्यक देखिएको बताउनुभयो ।
आज मध्यपुर थिमिको विभिन्न क्षेत्रमा भूकम्पले पुयाएको क्षतिको अवलोकन गर्दै हाल भुकम्प प्रभाबित धेरै ठाउँमा पर्याप्त राहत नपुगेको बताउँदै वर्षा सुरु हुन लागेकाले त्रिपाल भन्दा जस्ता नै दिनुपर्ने बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका उहाँले भन्नुभयो ‘वर्षा सुरु हुन लाग्यो, त्रिपालले वर्षा थेग्दैन, त्यसैले अब पीडितलाई सरकारले त्रिपाल होइन जस्ता दिनुपर्छ ।’
उहाँले मध्यपुरथिमिको बोडे, टिगनी, निकोसेरा, चपाचो, दुईपोखरी, यूसेपको बालशिविर लगायतका भूकम्पले क्षति र्पुयाएका विभिन्न क्षेत्र एवं भूकम्प पीडितले आश्रय लिएर बसेका स्थानको अवलोकन गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline