मिस एस एल सी को टयालेन्ट प्रतियोगीता सम्पन्न

मिस एस एल सी को टयालेन्ट प्रतियोगीता सम्पन्न

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

धरान १६ जेष्ठ

२०७२ आउदो जेष्ठ २२ गते धरानको बि.पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठनको सभाहलमा हुन लागेको टेस्टी टेस्टी मिस एस एल सी २०१५ को टयालेन्ट सो धरानको उद्योग बाणिज्य संघको सभाहलका शनिवार सम्पन्न भएको छ ।

हरेक बर्ष धरान जेसीसको आयोजनामा सम्पन्न हुदै आएको मिस एस एल सी एस एल सी दिएर बसेका १८ जना युवा युवतीको सहभागीता रहेो थियो ।
उद्योग्य बाणिज्य संघ सुनसरीको सभाहलमा सम्पन्न कार्यक्रममा प्रतिष्पर्धीको रुपमा अन्जना तामाङ्ग,चोवान्सी लिम्बु,ईन्दु जिमि,सुदिक्षा श्रेष्ठ,ईच्छा राई,हाङ्गमा लिम्बु,अंसु रसाईली,सोनाली ताम्राकार,अनिता केसी, हिना लिम्बु लगायतले आफना प्रतिभा प्रस्तुत गरेका थिए ।
जेसीसको कार्यक्रम अनुसार खुला र वन्द सत्र गरि करिब एक महिना सम्म एस एल सी दिएर बसेका युवा युबतीका प्रतिभाहरुलाई शनिबार २६ औ दिनका दिन मिस टयालेन्ट सो को रुपमा प्रष्फुटन गराउदै कार्यक्रम सम्मपन्न गरेको जेसीसका संन्दीप शाक्यले बताए ।
उनले नृत्य,गायन,बादबिवाद,र चित्रकला लगायतका चार बटा बिद्यामा प्रतिष्प्रर्धा गराएका बताए । प्रतिष्पर्धाभरी आठ वटा बिद्या रहेपनि अन्तीम प्रतिष्पर्धा अगावै चार वटा प्रतिष्पर्धा गराईसक्ने जेसीसका अध्यक्ष प्रेमराज शायले बताए ।

प्रतियोगीतामा नृत्य, गायन,वादविबाद,र चित्रकला गरि चारै बिद्यामा निपुर्ण स्थानिय प्रशिक्षकहरुले निर्णायकको भुमिका खेलेका थिए ।
निर्णयकहरुमा सामाजिक ब्यक्तित्वा रुपमा हेमचन्द्र राई,नृत्यनाङ्गनाको रुपामा लक्ष्मी शाक्य,चित्रकारका रुपमा स्वयम प्रकाश श्रेष्ठ,गायन एवम चिकित्सकको क्षेत्रमा डा. एलन सुन्दास,र बौद्धीकताको क्षेत्रमा प्र.डा. गोपाल भण्डारी रहेका थिए ।
कार्यक्रममको ग्राण्ड फिनाले धरानको सभागृहमा हुने भनिएतापनि बिशेष कारणवस बिपी कोईराला स्वास्थ्य बिज्ञानप्रतिष्ठानमा हुने र शनिबार सम्पन्न टयालेन्ट सो को नतिजा पनि समापन सम्म गोप्य नै राखिने जेसी शिवराज श्रेष्ठले बताए ।
सोही कार्यक्रममा सहयोगीको भुमीकाको रुपमा रहेका लीचि पेय पदार्थले मिस एस एल सीका हरेक प्रतिष्पर्धीको फेसबुक पेज बनाएको र सबैन्दा बढी लाईक आउने प्रतिष्पर्धीलाई ब्राण्ड मिस पपुलर लिचीको अर्वाड समेत प्रदान गरिने जेसीसका महासचिव दिपेन्द्र निलौराले बताए ।
प्रतिष्पर्धामा प्रतियोगीहरुले नृत्य , गीत, चित्रकला, र वतृत्वकला प्रस्तुत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी