कालीगण्डकीमा बनेको  कृत्रिम ताल फुटाउन सेनाको प्राविधिक टोली असफल

कालीगण्डकीमा बनेको  कृत्रिम ताल फुटाउन सेनाको प्राविधिक टोली असफल

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाण्डौ,१६ जेठ । 

म्याग्दीमा थुनिएर कालीगण्डकीमा बनेको ताल फुटाउन नेपाली सेनाको प्राविधिक टोली असफल भएको छ । लगातार तीनदिन देखि विस्फोट गरेर तालको सतह घटाउने प्रयास गरेपनि सोचे अनुरुप प्रगति नभएपछि सेनाको प्राविधिक टोलीले काम बन्द पनी गरेको छ ।

बुधबार र बिहीबार ७ वटा विस्फोट गराइएपछि तालको पानी निकासा हुने बाटो खुल्न नसक्दा काम रोकिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।

हप्ताअघि खसेको पहिरोले कालीगण्डकी १७ घण्टा थुनिएको थियो । नदी बग्न थालेपनि अझै सात सय मिटर लामो र एकसय मिटर गहिरो ताल यथावत छ । ताल पूर्णरुपमा फुटाउन नसक्दा कालीगण्डकी तटीय क्षेत्रमा अझै जोखिम टरि सकेको छैन ।

कालीगण्डकी थुनिएदेखि नै बेनी–जोमसोम सडकखण्डमा सीधा यातायात अवरुद्ध छ । कृत्रिम ताल फुटाउन इन्द्रवक्स गणको समन्वयमा कम्व्याट इञ्जिनियर सहित २० जनाको टोली खटेको थियो । सडक विभागले सडक सुचारु गर्न कम्तिमा २० दिन लाग्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी