काठमाण्डौ,१६ जेठ ।
स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले प्रधानमन्त्री सुशिल कोइरालाकै नेतृत्वमा नयाँ संविधान जारी हुने दाबी गर्नुभएको छ ।
आज राजधानीको रत्नराज्य लक्ष्मी स्कुलको अस्थाइ टहरा निर्माणको उदघाटन गर्दै उहाले विपत व्यवस्थापनका लागि सरकारले नयाँ कार्ययोजना ल्याउने तयारी गरिरहेकाले तत्काल सरकार परिवर्तन हुन नसक्ने जिकीर गर्नुभयो ।
मन्त्री सिहले असार मसान्त भित्र ‘फास्ट ट्रयाक’ बाट नयाँ संविधान जारी गर्ने र बिपत व्यवस्थापन पछि प्रधानमन्त्रीले राजीनामा दिने जानकारी दिनुभयो ।
उहाले यतिबेलाको आवश्यक्ता सरकार परिवर्तनको नभइ विपत व्यवस्थापनको भएकाले यसमै सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline