दिमाग शान्त पार्न यी टिप्सहरु हेर्नुस्

दिमाग शान्त पार्न यी टिप्सहरु हेर्नुस्

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

मानिसहरु बढी सोच्ने र तनाव लिने गर्दा कसैले केही भनेमा पनि रिसाउने दिमाग खराब भाको बेलामा , दिमाग तात्यो आदि आदि भन्ने चलन छ । शायद तपाई मध्य कोही यो समस्यामा हुनुहुन्छ होला अवस्य पनि । तर हामीले हाम्रो दिमाग शान्त पार्न सक्ने अनेकौं उपायहरु छन् । त्यस मध्य केही टिप्स आज तपाईको जानकारीका लागि प्रकाशित गर्दै छौं ।

१. कुनै खराब कुराको पछि नलाग्नुहोस्
हामीले अध्ययन गर्ने पूरा पुस्तकको कथा एउटै पेजमा पनि हुन सक्छ । त्यस्तै तपाईको जीवनमा गल्ती र दुख:हरु धेरै हुन सक्छ तर एउटै सकारात्मक कुराले तपाईका दुख:हरु विर्साउन सक्छ । त्यसकारण गल्तीलाई हैन राम्रो कामलाई सम्झनुस् र गल्तीलाई फेरी त्यही रुपमा दोहोरीन नदिनुस् ।

२ . पुरानो कुराको पछि नलाग्नुहोस्
हामी कतिपयको के वानी हुन्छ भने पुरानो कुरामा अफ्सोच राख्ने तर त्यसले पनि हाम्रो दिमागलाई अशान्त बनाउछ । पुरानो कुराका लागि अफ्सोच राख्नु र भविष्यको कुरामा धेरै उत्साहित हुनु पनि राम्रो हुदैन । आज जे भईरहेको छ त्यसलाई सकारात्मक रुपमा लिने र अघि बढ्ने गनाले दिमाग अशान्त हुदैन ।

३. जीवन हरेक पलमा बदलिन्छ भन्ने सम्झनुहोस्
जीवन हरेक क्षणमा बदलिन्छ । तपाई कतै फस्नु भयो भने त्यो क्षणिक घटनाको रुपमा हुन्छ पूर्ण सत्यको रुपमा जीवनभर लागू हुदैन । त्यसैले सामान्य उत्तारचढापबाट नआत्तिनुहोस् ।

४. सोचलाई नियन्त्रणमा राख्नुहोस्
हरेक कुरा दुई पटक बन्छ । पहिलो दिमागमा योजना बन्छ र दोस्रो पटक वास्तविकतामा । त्यसैले तपाईले आफ्नो सोचलाई जहिले पनि नियन्त्रणमा राख्नु पर्ने हुन्छ । तपाईको सोचले नै परिघटनाहरुको सृजना गर्ने हुनाले सोचलाई सकारात्मक रुपले नियन्त्रणमा राख्नु राम्रो हुन्छ ।
५. एक पटकमा एउटै काम गर्नुस्
तपाई व्यापर , शिक्षा आदि धेरै कुरामा एकै पटक ठूलो उपलव्धि खोजेर भौतारीन सक्नु हुन्छ । या अतिउत्साहित तरीकाबाट लाग्न सक्नु हुन्छ । तर त्यसो नगर्नुहोस् एक पटकमा एउटै काम गर्नुस् त्यसलाई तपाईलाई शान्त र सफल बनाउछ । कुनै पनि काम गर्दा एकाग्रता र ईमान्दारीतापूर्वक गर्नुहोस् सफलता अवस्य हात लाग्छ । सफल भए पछि तपाईको दिमाग त्यसै शान्त हुन्छ ।

६. एउटै खराब कुरा सम्झेर दिन नविताउनुहोस्

एउटा नराम्रो कुरा भयो भने त्यसले दिनभर खान मन नलाग्ने रातभर निन्द्रा नलाग्ने मात्र हैन । पुरै चिन्तित बनाएर जोखिम बढाउछ । एक पल खराब भयो भने अर्को पल राम्रो हुन्छ । यही कुरा बुझेर मनन गरेर अगाडी बढ्नुस् ।
उपरोक्त शैली र उपायहरुले तपाई हाम्रो दिमागलाई शान्त बनाउन मद्धत पुऱ्याउछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी