गणतन्त्र दिवसको अवसरमा १० कैदीलाई आम माफी

गणतन्त्र दिवसको अवसरमा १० कैदीलाई आम माफी

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौ ,१६ जेठ ।

सप्तरीको राजविराज कारागारमा जेल जीवन बिताइरहेका दश कैदीबन्दीलाई गणतन्त्र दिवसको अवसरमा आम माफी दिएको छ ।

देशका विभिन्न कारागारमा रहेका कैदीको सजाय मिनाहा गर्ने क्रममा यस वर्ष सप्तरीबाट पनि एक महिलासहित १० जना कैदीको सजाय मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ ।

राजविराजको कारागारमा रहेको करिब २ सय ५६ कैदीमध्ये ५० प्रतिशत सजाय काटिसकेका र असल आचरण भएका १० जना कैदीको कैद मिनाहा गरिएको सप्तरी कारागारका जेलर कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

१ सय २५ जना कैदीबन्दी बस्ने क्षमता रहेको कारागारमा हाल १३ महिला सहित २ सय ५७ जना कैदी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी