काठमाडौ, १६ जेठ ।
भक्तपूरको मध्यपूर ठिमिमा आज बिहान आगलागी हुँदा चारवटा पसल जलेर नष्ट भएका छन् ।
खाना पकाउने ग्याँस लिक भएर आगलागी हुँदा मध्यपुरठिमी नगरपालिका १७ गठ्ठाघर स्थित एक टहरामा रहेका आठवटा पसलमध्ये ४ वटा पसलमा क्षति पुगेको हो ।
आगलागीबाट एउटा डेरी पसल, एउटा मोवाईल पसल, कपडा पसल र फेन्सी पसलमा क्षति भएको छ ।
आगलागी बाट २३ लाख बराबरको क्षति भएको प्रहरीले जनाइएको छ । आगलागी भक्तपुर र काठमाडौंबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline