सितापाईला सवारि दुर्घटना विवाद बारे आज बार्ता हुदै

सितापाईला सवारि दुर्घटना विवाद बारे आज बार्ता हुदै

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाण्डौ, १६ जेठ ।

हिजो विहान सितापाइलामा भएको सवारि दुर्घटनाको विषयलाई लिएर भएको विवादका बारेमा आज त्रिपक्षीय बार्ता हुने भएको छ ।

हिजो बिहान करिब साढे दश बजेतिर कलंकी बाट स्वयम्भु तर्फ जादै गरेको बा ३४ प ६५७५ नम्बरको मोटरसाइकल लाइ सोहि दिशा तिर जादै गरेको शसस्त्र प्रहरी को ना.२. घ. ६५५ नम्बरको ट्रकले सितापाइला मिलन टोलमा ठक्कर दिदा मोटर साइकल चालक स्थानीय २४ बर्षीय सरोज बसेलको मृत्यु भएको थियो ।

मृतकका परिवार प्रत्यक्ष दर्शी , यातायात संग आवद्ध मजदुर तथा व्यवसायीले घटना शसस्त्रकै गाडीले घटाएको भन्दै स्वयम्भु वृत्त प्रहरी मा नारा बाजी गर्दै हिजो दिन भर उक्त क्षेत्रमा यातायात सेवा अवरुद्ध गरेका थिए ।

यातायात राष्ट्रिय व्यवशायी महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार आज विहान ११ बजे प्रहरी वृत स्वयम्भूमा शसस्त्र प्रहरी , यातायात व्यवशायी महासंघ र पीडित पक्ष बीच वार्ता गर्ने र घटनाको छानविन गरी दोषीमाथि कार्बाही र क्षतिपूर्ति दिने सहमति भए पछि बन्द फिर्ता भएको थियो ।

उता शसस्त्र प्रहरीले भने मोटरसाईकललाई ठक्कर दिने आफ्नो गाडी नभई संयुक्त यातायात को बा ३ ख ५०४४ नम्बरको बस रहेको दावि गर्दै आएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी