काठमाडौं, १६ जेठ ।
गत वैशाख १२ को विनाशकारी भूकम्प पछि त्यसको पराकम्प आउनेक्रम अझै जारी छ ।
गएराती १ बजेर ५२ मिनेटमा काठमाण्डौ, धादिङ र नुवाकोट केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि हिजो ४ रेक्टर भनदा माथिका ५ वटा पराकम्पन गएको थियो । यो सँगै बैशाख १२ यता हालसम्म ४ रेक्टर भन्दा माथिका २ सय ९१ पराकम्पन गएको केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले ठूलो भूकम्पपछि स साना पराकम्पन आउनु स्वभाविक भएकाले नआत्तिन तर सचेत रहन आग्रह गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline