जिल्ला स्वास्थ्यले नै पठाउछ म्याद गुज्रिएको औषधि

जिल्ला स्वास्थ्यले नै पठाउछ म्याद गुज्रिएको औषधि

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौ, १६ जेठ ।

जिल्ला स्वास्थ्य कार्यालयले म्याद गुज्रेको औषधि गाउँमा पठाउँदा स्वास्थ्य केन्द्रले हैरानी खेप्नु परेको छ । प्रायः सडक सञ्जालसँग जोडिएका स्वास्थ्य संस्थामा यस्तो औषधि पठाउने गरेको पाइएको हो ।

औषधि ढुवानी  गर्न रकम नभएको भन्दै दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा म्याद गुज्रेका र म्याद गुज्रन लागेका औषधि जबर्जस्त पुर्याउने गरिएको तथ्य खुलेको हो ।

उपस्वास्थ्य चौकी बड्डीका सिनियर अहेव रतनबहादुर रावतले म्याद गुज्रेको र गुज्रन लागेको औषधि प्राप्त हुँदा समस्या भएको गुनासो गरे । उनले भने, ‘यसपटक म्याद गुज्रेको ८ हजार एमोक्सिलिन र २५ हजार ट्याब्लेट भिटामिन बी कम्प्लेक्स प्राप्त भएको छ ।’

जिल्ला स्वास्थ्य कार्यालयको स्टोर सहयोगीको भरमा चलेकाले आवश्यकता भन्दा पनि अनुकुलता हेरेर म्याद सकिएको औषधि पठाउने गरिएको उनी बताउँछन् ।

उपस्वास्थ्य चौकीमा २२ प्रकारका औषधि उपलब्ध हुनुपर्ने भए पनि १५ प्रकारको मात्रै रहेको र त्यसमा पनि म्याद जान थालेका र म्याद सकिएका औषधि बढी रहेको आजको नागरिक दैनिकमा खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी