राहत लिएर आएका राष्ट्रसंघका कर्मचारी चरेससहित पक्राउ

राहत लिएर आएका राष्ट्रसंघका कर्मचारी चरेससहित पक्राउ

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं ,१६ जेठ ।

भूकम्पपीडितका लागि राहत लिएर नेपाल आएका राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का कर्मचारी चरेससहित पक्राउ परेका छन् ।

डब्लुएफपीको तान्जानियामा लजिस्टिक अफिसरका रूपमा कार्यरत जर्मन नागरिक इजमाइल अमिर एलमाहीलाई प्रहरीले बिहीबार चरेससहित पक्राउ गरेको हो ।

नेपालबाट फर्कने क्रममा प्रहरीले उनलाई अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । ५७ वर्षीय एलमाहीको साथबाट साढे ६ ग्राम चरेस बरामद भएको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का एसपी धीरजप्रताप सिंहले बताए ।

‘जिन्सको खल्तीमा लुकाइएको अवस्थामा चरेस बरामद भएको हो,’ उनले भने, ‘आफूले गाँजा र चरेस सेवन गर्ने गरेको उनले स्विकारेका छन् ।’ विमास्थलको ह्याण्ड ब्यागज चेकिङ एरियाबाट ब्उयुरोका इन्स्पेक्टर प्रेम शाहीले एलमाहीलाई पक्राउ गरेका थिए ।

एलकमाही काठमाडौबाट तान्जानियाको राजधानी दारेसला जादै थिए । जर्मनिमा जन्मिएका उनि १४ बर्षदेखि डब्लुएफपीमा काम गर्दै आएका छन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ