आखिर कसले दियो मोटरसाईकललाई ठक्कर, किन पत्ता लागेन गाडी ?

आखिर कसले दियो मोटरसाईकललाई ठक्कर, किन पत्ता लागेन गाडी ?

  • शुक्रबार, जेष्ठ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

जेष्ठ १५ काठमाण्डौं ।

शुक्रबार बिहान १० बजेर २० मा कलंकी बाट स्वयम्भु तिर जादै गरेको बा ३४ प ६५७५ नम्बरको मोटर साइकल लाइ सोहि दिशा तिर जादै गरेको शसस्त्र प्रहरी को ना.२. घ. ६५५ नम्बरको ट्रकले सितापाइला मिलन टोलमा ठक्कर दिई मोटर साइकल चालक सोहि ठाउमा बस्ने बर्ष २४ को सरोज बसेल को मृत्युको विषयलाई लिएर सो क्षेत्र आज दिनभर तनावग्रस्त रह्यो ।
मृतकका परिवार प्रत्यक्ष दर्शी , यातायात संग आवद्ध मजदुर तथा व्यवसायीले घटना शसस्त्रकै गाडीले घटाएको भन्दै स्वयम्भु वृत्त प्रहरी मा नारा बाजी गर्दै दिन भर गाडी तेस्र्याएर गरेको बन्द आज साझ फिर्ता भएको छ ।
भोली शनिबार ११ बजे प्रहरी वृत स्वयम्भूमा शसस्त्र प्रहरी , यातायात व्यवशायी महासंघ र पीडित पक्षकाबीचमा वार्ता गर्ने र घटनाको छानविन गरी दोषीमाथि कार्बाही र क्षतिपूर्ति दिने विषयमा सहमति टुगोमा पुग्ने सहमति पछि बन्द फिर्ता भएको यातायात राष्ट्रिय व्यवशायी महासंघका अध्यक्ष सरोज सिटौलाले मिर्मिरेलाई जानकारी दिनु भयो ।
शसस्त्र प्रहरीले मोटरसाईकललाई ठक्कर दिने आफ्नो गाडी नभई संयुक्त यातायात को बा ३ ख ५०४४ नम्बरको बसले ठक्कर दिएको दोस लगाउदै दिउसो १२ बजे नया बसपार्क बाट नियन्त्रणमा लिएर लिएर स्वयम्भु वृतमा बुझाएको थियो ।
सो गाडीका चालक श्रीकृष्ण लामा लाई भने केहि समय पछि छाडेको थियो ।
शसस्त्रको गाडी ६५५ नम्बरको गाडी स्वयम्भू वृतमा ल्याउने र छानविन गर्ने विषयमा भोली वार्ता हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ