काठमाण्डौ,१५ जेठ ।
प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा भुकम्प पिडीतका लागि बिभिन्न क्षेत्रबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ । आज नेपाल बैंकले उद्धार कोषमा ८७ लाख,२५ हजार ६ सय ५ रुपैया सहयोग गरेको छ । सो रुपैयाँको चेक बैंकका कर्मचारीहरुले आज प्रधानमन्त्री शुशिल कोइरालालाई हस्तान्तर गरेका छन ।
यस्तै राष्ट्रिय अनुसन्धान विभागले ५० लाख रुपैया जम्मा गरेको छ । विभागका प्रमुख दीलिप रेग्मीले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै अष्ट्रेलियामा कार्यरत नेपालीहरुको आधार आडरा डेभलपमेण्टले ५ लाख, हिमालयन टर्मिनलका आरबी रौनियारले ५ लाख, विदेशी मुद्रा व्यवसायी संघका तर्फबाट ३ लाख ५१ हजार रुपैयाँ तथा जापानमा अवस्थित नाकामुरा केनिची कर्पोरेशनले १६हजार ६ सय ६७ अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेका छन ।
यस्तै ब्यवसायी सुरेन्द्र माथेमाले दुई लाख रुपैयाँ भूकम्पपीडितको सहयोग गरेका छन ।