काठमाडौं, १५ जेठ ।
केहिदिन यता पश्चिम तराईका जिल्लाहरुमा बढेको गर्मी अझै बढ्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज विशेषगरी महेन्द्रनगर, धनगढी, नेपालगञ्ज र आसपासका क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ । गर्मी बढेसागै तातो हावा चल्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
भारतको राजस्थान मरुभूमीवाट भित्रिएको तातो हावाको प्रभाव अझै केहिदिन रहने र तत्कालै पानी पर्ने मौसमी प्रणालीको विकास नभएकाले अझै केहिदिन गर्मी बढ्ने महाशाखाको अनुमान छ । पूर्वबाट चल्ने मनसुनी हावा आएपछि मात्रै तापक्रम घट्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
आज काठमाण्डौ उपत्यका सहित पूर्व, मध्य र पश्चिमी पहाडी क्षेत्रमा आशिंक बदली हुनेछ । महाशाखाका अनुसार ती क्षेत्रमा दिउासोपछि मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना छ भने बााकी ठाउाको मौसम भने सफा रहनेछ । यसैबीच गर्मी बढेसागै अत्यावश्यक कामका लागि मात्र बाहिर निस्कन चिकित्सकहरुले सुझाव दिएका छन् ।