काठमाण्डौ १४ जेठ । भूकम्प पीडित परिवार संघ नेपालले सरकार दिने भनेको १५ हजारले अत्यवश्यक आवश्यकता पूरा नहुाने भन्दै नलिने घोषणा गरेको छ । संघले तत्काल ५० हजार रुपैया दिनुपर्ने माग गरेको छ ।
संघले बिहिबार राजधानीस्थित संवाद डबलीमा पत्रकार सम्मेलन मार्फत सम्पूर्ण भूकम्प पीडितहरुलाई ५० हजारभन्दा कम नलिन अपिल समेत गरेको छ ।
पत्रकार सम्मेलनमा काठमाडौा लगायतका प्रभवित क्षेत्रका घर धनीले बाहाल भाडा बृद्धि गरिरहेको भन्दै विरोध गरेको छ । ‘भूकम्प आएपछि घरधनीले वहालभाडा बडाउने, घर खाली गर्न दबाव दिइरहेका छन्’ संघका अध्यक्ष रविन घिमिरेले पत्रकार सम्मेलनमा भने, ‘घरभेटीले भाडा बढाउादा समेत सरकार उदासिनता देखाइरहेको छ ।’
बिपतको फाईदा उठाउादै ब्यापक राहतको नाममा भइरहेको हिनामिना, घरधनीको मनपरीलाई नियन्त्रण गर्न संघले सरकारले सरकारसाग माग गरेको छ । ‘हाम्रो पीडामाथि व्यपार गर्ने कोसिस भइरहेको छ, सरकारले यसलाई समयमै नियन्त्रण नगरे आन्दोलनमा जान्छौा’ अध्यक्ष घिमिरेले भने । राहतमा जिम्मेवार ब्यक्तिहरुबाटनै अमानवियता प्रकट नभएकोले आफूहरु सक्रिय हुनु परेको संघले बताएको छ ।
भूकम्पपीडितका समस्या समाधान गर्न आफूहरु संगठीत भएर संघर्ष गर्नुपरेकोले संघ गठन गर्नु परेको अध्यक्ष घिमिरेले बताए
। संघको नौ सदस्यी कार्यसमितिमा उपाध्यक्ष दोय, प्रकास काफले र सागर महर्जन महासचिव जी.पी दाहाल, सचिवमा रोहीत मगर र सहसचिवमा रमिला प्रधान, कोषाध्यक्ष धर्म शर्मा रहेका छन् । त्यसैगरि सदस्यहरु यांक प्रसाद घिमिर र संगीता घिमाल रहेका छन् । संघले भोलिदेखि नै प्रभावित क्षेत्रहरुमा जाने निर्णय समेत गरेको छ ।