काठमाण्डौ,१४ जेठ ।
विद्यालय बन्द भएको समयको पनि शुल्क लिने प्याब्सन बताइरहदा एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले भने शुल्क लिने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
क्रान्तिकारीले आज बागबजारमा पत्रकार सम्मेलन गरी विद्यालय बन्द भएको समयको पनि शुल्क लिने प्याब्सनको निर्णय अनैतिक र नाफाखोर प्रवृत्ति भएको भन्दै निर्णय तत्काल सच्याउन माग गरेको हो ।
प्याब्सनले प्राकृतिक विपत्तिका बेला सामाजीक उत्तरदायीत्व तथा पेशागत नैतिक मुल्यलाई समेत विर्सिएर शुल्क लिने भनी गरेको निर्णयले दुखित तुल्याएको क्रान्तिकारी अध्यक्ष रमेश मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तत्काल सो निर्णय खारेज नभए कडा संर्घणका कार्यक्रम तय गर्ने क्रन्तिकारीले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline