सर्वोच्च शिखर हिउँ विहीन हुनसक्छ : वैज्ञानिक

सर्वोच्च शिखर हिउँ विहीन हुनसक्छ : वैज्ञानिक

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौ, १४ जेठ ।

कार्बनडाइअक्साइड उत्सर्जनका कारण विश्वकै सर्वोच्च शिखर सगरमाथा हिउँविहीन हुन सक्ने वैज्ञानिकले चेतावनी दिएका छन ।
विश्वभरिका वैज्ञानिकको संयुक्त अनुसन्धानले तापक्रम वृद्धि गरी हिउँ पगाल्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कार्बनडाइअक्साइड उत्सर्जनको यही गति कायम रहे ७० देखि ९९ प्रतिशत हिउँ नरहने चेतावनी दिएका हुन ।

अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै युरोपियन जिओसाइन्स युनियन जर्नले तापक्रम बढ्ने क्रम नरोकिएकाले सगरमाथा सहित अन्य हिमालहरू पनि नांगा हुने प्रक्षेपण गरिएको छ।

अनुसन्धान टोलीको नेतृत्व गरेका नेपालस्थित अन्तर्रा्ष्ट्रिय एकीकृत पर्वतीय विकास तथा अनुसन्धान केन्द्र (इसिमोड) का वैज्ञानिक जोसेफ सीले ठूलो आकारमा हिउँ बिलाउन थालेको बताउनुभयो ।

वैज्ञानिकहरूले सगरमाथाको हिउँ पग्लिएर बग्ने विभिन्न नदी प्रणालीसहित विभिन्न प्रविधि प्रयोग गरेर अनुसन्धान गरेका थिए। सगरमाथासहित अग्ला हिमाल र दूधकोसी नदीलाई मु ख्य आधार बनाएर अध्ययन गरिएको थियो ।

दूधकोसी चार सय वर्ग किलोमिटर क्षेत्रमा जम्मा भएको हिउँबाट बग्छ । आगामी दिनमा हिउँ पग्लिने क्रम अझै बढ्ने अनुमान वैज्ञानिकहरूको छ।

हिउँ जम्न चाहिने शून्य डिग्री सेल्सियस तापक्रम हिमालको माथिल्लो भेगतिर बढ्ने र तलको हिउँ पग्लँदै जाने अनुमान छ ।
हाल तीन हजार दुई सयदेखि पाँच हजार पाँच सय मिटरमा हिउँ जम्छ । तापक्रम बढ्दै जाँदा यो शताब्दीको अन्त्यसम् म आठ सयदेखि १२ सय मिटरमाथि मात्रै हिउँ पग्लिनेछ। ’तापक्रम बढ्दा हिउँ जम्मा हुने क्रम घट्ने मात्र होइन ।

अहिले भइरहेकामध्ये ९० प्रतिशत हिमनदीगर्मी महिनामा पग्निलेछन्’, प्रतिवेदनमा छ। तापक्रम बढ्दा हिउँ र बरफ पग्लिने मात्रै होइन, हिउँको सट्टा पानी पर्ने क्रमसमेत बढ्ने प्रक्षेपण छ ।

यो शताब्दीको अन्त्यमा यसको असर जलविद्युत् र कृषिमा सबैभन्दा धेरै देखिने प्रक्षेपण छ। ’तल्लो क्षेत्रमा विद्युत् उत्पादन गर्न नदी प्रणालीहरूमा पानी अभाव हुनेछ ।

अहिले पनि नेपालको उच्च हिमाली भेगमा हिउँ पग्लिएर हिमताल बन्ने क्रम तीव्र छ । तापक्रम वृद्धिकै कारण सगरमाथा क्षेत्रको इम्जा, दोलाखाको च्छो रोल्पा, मनाङको ठूगालिगलायत हिमतालको आकार बिस्तारै बढिरहेको छ ।

तापक्रम वृद्धि नरोकिए यी हिमताल भरिएर विस्फोट हुने खतराको चेतावनी वैज्ञानिकले दिँदै आएका छन् । यी हिमताल भूकम्पपछि सबैभन्दा धेरै खतरा हुने विज्ञ बताउँछन् ।

नेपालमा यसपटक आएको भूकम्पले धेरै हिमतालमा असर गरे पनि विस्तृत अध्ययन भएको छैन। दुई दिनअघि मात्रै सगरमाथा क्षेत्रका साना हिमपोखरी फुटेर खुम्बु क्षेत्रका बासिन्दा त्रसित भएका थिए ।

खतराको सूचीमा रहेको इम्जा भने सुरक्षित रहेको इम्जा निरीक्षणबाट फर्किएका स्थानीय बासिन्दाले बताएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी