चेली नायीका विपनाको राहत माईती गॉउमा

चेली नायीका विपनाको राहत माईती गॉउमा

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

जेष्ठ १३ काठमाण्डौं ।

केही वर्ष अघि सम्म नेपाली फिल्ममा निकै चर्चित नायीकाको रुपमा रहेकी विपना थापा वैवाहिक जीवन पछि भारतमा रहदै आएकी छन् । मथुरामा रहने उनलाई यो भूकम्पले जन्म ठाउ माईती गाउ जे जसरी सम्झे पनि राहत कोसेली लिएर आउन बाध्य पाऱ्यो ।
हिजो मात्रै काठमाण्डौं आएकी उनले माईती क्षेत्र काठमाण्डौं स्युचाटारमा रहेका करीब २ सय घरमा राहत बाडेकी छन् । तेल चामल, दाल , चिनी नुन, सावुन, विस्कुट कपडाहरु आदि राहत ल्याएर उनले वितरण गरेकी छन् ।
विपनाले जाडो छिट्टै आउने भएकाले १ हजार भन्दा बढी सिरक डस्ना समेत बोकेर आएकी छन् । उनी आउनु भन्दा पहिले पनि उनले औषधी सहितका विभिन्न राहत सामाग्री भूकम्प पछि पठाएकी थिईन् ।
९ वर्ष अघि विवाह पछि भारत गएर फिल्म क्षेत्रबाट अलग्गिएकी विपनाले ‘बरमाला’, ‘बेइमानी’, ‘रामबलराम’, ‘देवदूत’, जस्ता दर्जनौं फिल्महरुमा अभिनय गरेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी