काठमाण्डौ,१३ जेठ ।
बााकेमा भूकम्प प्रभावित जिल्लाका बासिन्दालाई सहयोग गर्न आजदेखी राहतका लागि अन्नबाली संकलन गर्न मुठीदान अभियान सुरु गरिएको छ ।
सरकारी तथा गैरसरकारी संघ संस्था र उद्योगी व्यवसायीले संयुक्त रुपमा मुठीदान अभियान सुरु गरेका हुन् । यसैगरी नेकपा एमाले बााकेले समेत मुठीदान अभियान सुरुवात गरेको छ ।
बााकेका प्रत्येक घरधुरीबाट कम्तिमा पनि एक मुठी दाल, चामल, गहुा वा नगदै संकलन गरी भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई वितरण गर्न ‘मुठीदान अभियान’ को थालनी गरिएको नेपाल पत्रकार महासंघ बााकेका अध्यक्ष रुऽ सुवेदीले जानकारी दिनुभयो ।
जिल्लाबाट संकलन गरिने राहत खाद्य सामाग्री व्यवस्थापनको लागि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय ‘राहत व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline