काठमाडौं ,११ जेठ ।
सरकारले बिनासकारी भुकम्प र त्यस पछिको पराकम्पनका कारण क्षति हुन पुगेका जिल्लाका लागि नगद ३ अर्ब ८५ करोड र जिन्सी सामान गरी ५ अर्ब ६० करोड २० लाख निकासा गरेको छ । सूचना विभागले आज दिएको जानकारी अनुसार नगदसहित खाद्यन्न र गैर खाद्यन्न राहतका लागि सो बराबरको रकम छुट्याइएको हो ।
सरकारले भुकम्प प्रभावित १६ जिल्लाका लागि नगद मात्रै ३ अर्ब ८५ करोड ६६ लाख रुपैयाा निकास गराएको छ । सबैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकका लागि ५६ करोड ७१ लाख, रसुवाका लागि १३ करोड ८ लाख, धादिङका लागि ३६ करोड ८७ लाख, नुवाकोटका लागि ५४ करोड ५९ लाख, सिन्धुलीका लागि १९ करोड ३४ लाख रकम निकासा गराइसकेको छ ।
ओखलढुंगाका लागि १० करोड १८ लाख, रामेछापका लागि २२ करोड २४ लाख, गोरखाका लागि २८ करोड ७ लाख, दोलखाका लागि ३५ करोड, मकवानपुरका लागि ९ करोड ३३ लाख, काठमाडौंका लागि ३१ करोड ३ लाख, ललितपुरका लागि ११ करोड ७१ लाख, भत्तपुरका लागि १४ करोड ६७ लाख रकम निकासा गराइसकेको जनाएको छ ।
सबैभन्दा कम लम्जुङका लागि ५ करोड ५५ लाख र तनहुका लागि ४ करोड ५ लाख रुपैयाा भुकम्प पीडितका नाममा सरकारले निकासी गराएको छ ।