नया प्रभातका उज्याला प्रकाशहरुलाई
बेपत्ता पारेर जतिसुकै लुकाउ
नरसंहारको ताण्डवनृत्य नाच
या बिभत्स मृत्यु–उत्सव मनाउ
कतै मन्द सास पनि तुफान बन्ला
मुटुका घड्कनहरुलाई घुलिसात् तुल्याउ
तर पनि मर्दैन कहिल्यै
हाम्रो आस्थाको अजम्बरी सपना ! (इच्छुक रचनावली)
यी माथिका कविता पंक्तिहरु कृष्ण सेन ‘इच्छुक’ का हुन् । मान्छे शारिरीक रुपले अजम्बरी छैन तर पनि उ अजम्बरी बन्दोरहेछ र उसलाई अजम्बरी बनाउादा रहेछन् उसका सपनाले र सपनालाई पूरा गर्न तय गरेको नयाा यात्राले । नेपाली साहित्यमा साम्यवादी आन्दोलनका सुन्दर र अजम्मरी सपना देख्ने र सपनाका खातिर सगरमाथाभन्दा अग्लो र गह्रौं मृत्युवरण गर्ने महान् स्रष्टा हुनुहुन्थ्यो–कृष्ण सेन ‘इच्छुक’ ।
जनपक्षीय पत्रकार एवं प्रगतिवादी साहित्यका धरोहर क. कृष्णसेन ‘इच्छुक’ मारिनु भएको आज १३ बर्ष पुगेको छ । गत बर्ष हामीले रुपन्देहीमा ‘इच्छुक दिवस’ प्रगतिशील लेखक संघको आयोजनामा उहााका तीनवटा कालजयी कृतिहरु (शोकाञ्जली, इतिहासको यस घडीमा र बन्दी र चन्द्रागिरी) माथि परिचर्चा गरेका थियौं । यो बर्ष इच्छुकका योगदानसंग जोडेर उहााको सम्मानमा बुटवल साहित्य परिषद्ले “जनपक्षीय पत्रकारिता र प्रगतिवादी साहित्यमा इच्छुकको देन” बिषयक कार्यक्रम गरि मनाइदैंछ । यद्यपी इच्छुकको वास्तविक सम्मान ‘शब्द र औपचारिकता’ ले मात्र हुने होइन, उहााको त्याग, वीरता र विचारलाई आत्मसात गरि कर्मद्धारा मात्रै पुरा सकिन्छ भन्ने कुरालाई भुल्न सकिदैन । यसो भनिरहादा यहाा इच्छुकका शब्दहरु केही पनि होइनन् भन्न खोजिएको होइन, उहाा शब्दका गोलीले दुश्मनका छाती छेड्ने कुशल कलमवीर योद्धा हुनुहुन्थ्यो, जसले शब्दहरुको तिनै आदर्शलाई आफ्नो आत्मा ठान्यो तर भौतिक शरिरलाई भने केही ठानेन ।
इच्छुक एउटा यस्तो कवि हो, जसका सिर्जनाहरु मानवीय संवेदनाका आवेग र अनुभूतिका अत्यन्त स्पन्दनशील शक्तिले ओतप्रोत रहेका छन् । इच्छुकका कृतिहरु संवेदना, विचार र यथार्थका सन्तुलित सामञ्जस्य र लयका अभिव्यक्ति हुन् । हृदयस्पर्शीता इच्छुकका कृतिहरुको बिशेषता हो । इच्छुक सधैं सामाजिक परिवर्तन, वर्गविद्रोह, क्रान्तिचेतका स्वरमा गुन्जिरहने संघर्षको गीत हो । हजारौं जनताको आासु, पसिना र जीवनको यथार्थ मर्महरु पोखेका क्रान्तिकारी आशाको स्वरमा यथार्थको युगीन काब्य सिर्जना हो ।
इच्छुक सधैभरि बर्गीय मुक्तिको सपना देख्यो, वर्गीय शोषणको समाप्ति उहााको मिसन बन्यो । प्रतिक्रियावादी शासकहरुले इच्छुकका रगत पिएर आफूलाई पुरुषार्थ त देखाए, तर तिनै कायर र नपुंसकहरु जनताको घृणाको थुकमा डुबिरहेका छन्, डुबिरहने छन् र उहााका मृत्युका अपराधीहरुका लागि इच्छुक आतङ्क बनेर सल्किदै र फैलिदै जाने निश्चित छ । यहाा इच्छुकका ढाडमा कोर्रा बर्साउनेहरुको कुरा मात्रै होइन, त्यसको आदेश दिने पाखण्डी राजनीतिज्ञहरुको दिमागमा पनि इच्छुकको हत्या भविष्यमा अझ महंगो हुादै जाने देखिन्छ । जसले इच्छुकको हत्या गरे वा गर्न लगाए तिनै इच्छुकको रगतबाट प्राप्त उपलब्धिलाई उपभोग गर्न पाउनु नै यतिखेर ‘इच्छुक दिवस’ को महत्व हो भन्ने कुरालाई भुल्नु हुदैन ।
इच्छुक अविलचित निष्ठाको अटल नक्षत्र त हुादै हो, कैयौं पटक भोगेका जेलजीवन र शासकहरुको यन्त्रणाले गलाउन नसकेका शतिसाल स्तम्भ पनि हो । उहााका सबै हड्डीहरु भााचिए–क्रुर जल्लाहदहरुको ताण्डव शिविरहरुभित्र, तर आस्थाको स्तम्भ भााचिन तयार भएनन् । वर्गीय मुक्ति र विचारको स्पातिलो निष्ठा कहिल्यै गलेनन् । अहिले इच्छुकका विचारबाट गलेका, धर्मराएका र स्खलित भएकाहरु इच्छुकको नाम लिदा आफै झस्किन थालेका छन् । त्यसैले इच्छुक एउटा इतिहासको मोड थियो र जीवन्त गतिशील व्यवहारको दर्शन थियो ।
इच्छुकले कहिल्यै जीवनलाई रुपान्तरणको बिद्रोहबाट अलग राख्नु भएन । प्रतिक्रियावादी शासकका सबै यन्त्रणाहरुको पर्खालहरु भत्काउदै अघि बढिरह्यो । जीन्दगीभर दु:ख, कष्ट, पीडाहरुका बीचमा आफूलाई फुलाइरह्यो । कुनै कााडाहरुले इच्छुकलाई रोपेर छियाछिया पार्न सकेनन् । आफैभित्र संघर्ष गर्दै प्रतिरोधको निरन्तर प्रवाहमा अगाडी बढिरह्यो । सर्वहारा संस्कृतिलाई हृदयदेखि नै आत्मसात गर्ने इच्छुकले नाटकीय र कृत्रिम क्रान्तिकारितालाई कहिल्यै रुचाउनु भएन । उहााले जे सपना देख्नुभयो, त्यही लेख्नुभयो र त्यसैलाई व्यवहारमा प्रयोग गर्नुभयो । आफूलाई क्रान्तिकारी पनि भन्ने तर सुख सुविधाको उपभोक्तावादी आहाल, क्रान्तिको आडम्बर र पाखण्डमा डुब्नु भएन । यही कुरा हामी इच्छुकको इतिहासमा प्राप्त गर्न सक्छौं ।
इच्छुक विचारको कवि, साम्यवादी आन्दोलनका अथक योद्धा र जनपक्षीय पत्रकार हुनुहुन्थ्यो । उहाा सधै मिसन पत्रकारितालाई अपनाउनु भयो र वर्गलेखक बनेर परिचित हुनुभयो । उहाा एउटा युगको विद्रोही लेखक र जनकवि हुनुहुन्थ्यो । इच्छुक बााचेर मर्ने मान्छे होईन, मरेर पनि बााचिरहेका योद्धा हुनुहुन्छ । इच्छुकको यो बलिदान दिवस मनाइरहादा भन्नैपर्छ –इच्छुकको आदर्श, सपना र त्यागको उचाई ‘शब्द र औपचारिकता’ मा सम्झेर मात्रै होइन, कर्मद्धारा प्राप्त गर्नुपर्छ र गर्न सक्नुपर्छ । तब मात्र इच्छुकले देखेका उदात्त सपना र सौन्दर्यमूल्य पूरा हुनेछ र उहााप्रति वास्तविक सम्मान हुनेछ ।