बुटवलमा इच्छुक दिवश सम्पन्न 

बुटवलमा इच्छुक दिवश सम्पन्न 

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

जेठ १३, बुटवल ।

बुटवल साहित्य परिषद् रुपन्देहीको आयोजनामा नेपाली प्रगतिवादी साहित्य एवं

जनपक्षीय पत्रकारिता क्षेत्रका महान् व्यक्तित्व कृष्ण सेन इच्छुकको १३ औं दिवसको

अवसरमा “जनपक्षीय पत्रकारिता र प्रगतिवादी साहित्यमा इच्छुकका देन” बिषयक

कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका बोल्दै माक्र्सवादी सौन्दर्यशास्त्री एवं लेखक दिल साहनीले नेपालको

साम्यवादी आन्दोलनमा कृष्ण सेन इच्छुकको योगदान महत्वपूर्ण रहेको भन्दै

इच्छुकले देखेका सपनाहरु पुरा नभएकोले त्यसलाई पुरा गर्न लेखक

साहित्यकारहरुले निम्न वर्गको जनताको पक्षमा कलम चलाउनु पर्ने बताउनु भयो । वरिष्ठ

कवि रामचन्द्र भट्टराईले कम्युनिष्ट पार्टीमा फुटका कारण इच्छुकका सपनाहरु

पुरा नभएको बताउनु भयो ।

कार्यक्रममा प्राज्ञ गोपीरमण उपाध्यायले कम्युनिष्ट आन्दोलनमा देखिएको

अन्तरविरोध हल गर्न नयाा इच्छुकहरु जन्मनु पर्ने बताउनु भयो । कार्यक्रममा

नेकपा माओवादीका केन्द्रीय सदस्य बसन्त घर्ती मगरले माओवादी आन्दोलनमा

देखिएको ‘उत्तर माओवादी’ दृष्टिकोणले कृष्ण सेन इच्छुकको विचार, आदर्श र

सपनाहरुलाई दुरुपयोग गरिएको बताउनु भयो । साहित्यकार एवं लेखकहरु देवेन्द्र

घिमिरे, अजम्बरध्वज खाती, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, ऋषि आजाद्, विकास

केसी, गणेश उाचै, प्रदीप प्रधान, रामचन्द्र श्रेष्ठ लगायतले कृष्ण सेन इच्छुकले

जनपक्षीय पत्रकारिता र साहित्यमा गरेका योगदानका बारेमा बोल्नु भएको थियो ।

कार्यक्रममा नेकपा–माओवादीका केन्द्रीय सल्लाहकार भुलबहादुर सुनारी मगर,

नेकपा (माओवादी)का सेक्रेटरी गोविन्द पंगेनीले पनि बोल्नु भएको थियो ।

उक्त अवसरमा युवा स्रष्टाहरु लक्ष्मण श्रेष्ठ, सुजन तिवारी, जय गौडेलले इच्छुकसंग

सम्बन्धित कविताहरु बाचन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य सदस्य एवं

साहित्यकार ज्ञानु केसी, उपाध्यक्ष कविराज पौडेलले इच्छुकको संक्षिप्त परिचय,

अध्यक्षता बसन्त पोखरेल र संचालन सचिब खोमा तरामु मगरले गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी