महान् सांस्कृतिक–साहित्यिक अग्रज र महान् सहिद, सांस्कृतिक आन्दोलनका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’ का महान् विचारहरू आज एकपछि अर्को सत्य साबित हुँदै गएका छन् । मानिसको विचारमाथि प्रतिबन्ध लगाउन दुस्साहस गर्ने निरङ्कुश सामन्ती राजतन्त्र र त्यसका नायकहरूको पतन भएको छ । नेपाली श्रमजीवी जनता अब नायक बनेको छ । नेपाली जनताको चेतनाले, मालेमावादको दर्शन विचार, नीति, कार्यक्रम र नेतृत्वका कारण संसारकै सर्वहारा वर्गको साहस बढाउँदै इच्छुक र हजारौं इच्छुकहरूले न्याय, स्वतन्त्रता र मुक्तिका लागि रगत बगाएको धर्तीबाट सामन्तवाद, साम्राज्यवाद र विस्तारवादलाई हराउँदै र चकित पार्दै विजयको झन्डा गाडिएको छ र त्यो संसारकै उत्पीडित वर्गमा आशाको सञ्चार गर्दै फर्फराइ रहेको छ । महान् साम्यवाद प्राप्तिका लागि सर्वहारा वर्गको नेतृत्व गर्दै एक्काईसौं शताब्दीको पहिलो दसकमा नेपालबाट सुरु भएको वर्ग सङ्घर्षको नयाँ स्वरूप सबैखाले प्रतिक्रियावादलाई धक्का दिादै र नवसंशोधवादलाई कारबाही गर्दै पेचिलो र उपलब्धिमूलक बन्दै अघि बढिरहेको छ । यस अवसरमा इच्छुक लगायत झन्डै दुई सय सांस्कृतिक–साहित्यिक सहिद र जनमुक्तिका लागि अमरत्व प्राप्त गर्ने नेपाल आमाका झन्डै १५ हजार सुन्दर छोराछोरीहरूप्रति न्यानो सलाम र श्रद्धाञ्जली अर्पण गर्नु पहिलो कर्तव्य हुनेछ ।
नेपालको जनसांस्कृतिक आन्दोलनका एक आदर्श नायक एवम् स्रष्टा सहिद कृष्ण सेन ‘‘इच्छुक’ को हत्या भएको १३ वर्ष पुरा भएको छ । महान् जन युद्धका क्रममा राज्यद्वारा हत्या गरिएका करिब दुई सय संस्कृतिकर्मीमध्ये इच्छुक माथिल्लो जिम्मेवारी समालेका नेता र जनप्रिय कवि हुनुहुन्छ । उहााले निरङ्कुश पञ्चायती व्यवस्थादेखि संसदीय व्यवस्था र बर्बर शाही कालसम्म आठ वर्षभन्दा बढी कठोर हिरासत र जेल जीवन व्यतित गर्नुभयो । उहााले जेलमै कालजयी रचनाहरू सिर्जना गर्नुभयो । शोकाञ्जली, इतिहासको यस घडीमा र बन्दी र चन्द्रागिरि उहााका काव्य कृतिहरू हुन् । गद्य रचनाहरूमा पनि उहााको राम्रो दखल देखिन्छ ।
इच्छुक नेपालको जन युद्धले स्थापित गरेको नयाा यथार्थका एक अगुवा हुनुहुन्छ । शब्द र कर्ममा तादात्म्य मिलाउने इच्छुक आस्था र निष्ठाका सतिसाल हुनुहुन्छ । आफ्नो आदर्शबाट एक रत्ति विचलित नभइ क्रूर शासकहरूका सामुन्ने एक पल पनि नझुुकी गर्विलो बलिदान गर्ने इच्छुक नेपाली जनवादी सांस्कृतिक आन्दोलनका एक अग्रणी नायक हुनुहुन्छ । इच्छुकले निर्माण गरेको इमान, त्याग, निष्ठा, शौर्य र बलिदानको इतिहासलाई धुलीसात् पार्दै जन युद्धबाटै आएको एउटा समूह आज आत्मसमर्पण, दलाली र गद्दारीको बाटो हिाडिसकेको छ । त्यसैले इच्छुकको बलिदानले अझै सार्थकता प्राप्त गर्न सकेको छैन । महान् सहिदहरूका आदर्शको रक्षा गर्न र नयाा जनवादी क्रान्तिलाई नयाा उचाइमा उठाउन सहिदका त्याग, शौर्य र बलिदानका गाथाहरूको रक्षा गर्न आवश्यक छ । यही आवश्यकताबोध गरेर इच्छुक सम्बन्धी यो तेस्रो पुस्तक आदर्श नायक इच्छुकको सङ्कलन/सम्पादन गर्न पाउादा गर्वबोध भइरहेको छ ।
कतिपय मान्छेहरू बााचेर पनि मरेतुल्य छन् भने कतिपय मान्छेहरू मरेर पनि सधौ बााचिरहेका छन् । कृष्ण सेन ‘इच्छुक’ यस्तै एउटा महान् मान्छे हुनुहुन्थ्यो । प्रगतिवादी साहित्य, जनपक्षीय पत्रकारिता र राजनीतिक क्षमताको एकीकृत व्यक्तित्व हुनुहुन्थ्यो कृष्ण सेन ‘‘इच्छुक’ । आस्था र निष्ठामा अविचलित, शब्द र कर्ममा ऐक्य, शिष्ट, शालीन र भव्य व्यक्तित्व अनि कालजयी रचनाहरूकै कारण उहाा महान् हुनु भएको हो । तत्कालीन फासीवादी सत्ताले पक्राउपछि क्रूर यातना दिएर उहााको हत्या गर्यो । आफ्नो आस्थाप्रति अडिग इच्छुकले दुस्मनका सामु आत्मसमर्पण गरेर आस्थाको अपमान गर्न अस्वीकार गरे बापत मारिनुपर्यो । उहााले एउटा गरिमामय मृत्युवरण गर्नुभयो । त्यसैले उहाा क्रान्तिकारीहरूका निम्ति एक आदर्श हुनुहुन्छ ।
आफ्नो विचारको रक्षाका लागि जीवन बलिदान गर्न अग्रसर हुने महान् व्यक्तित्व कृष्ण सेनको जन्म २०१३ साल कात्तिक ३ गते भारतको देहरादुनमा भएको थियो । उहााकी आमाको नाम भीम कुमारी सेन र बाबाको नाम याम बहादुर सेन हो । उहााको पुख्र्यौली गाउा प्युठान जिल्लाको साराङकोट हो । उहााको स्थायी घर भने अर्घाखााची जिल्लाको जलुके गाविसको सातमारामा पर्छ । यो स्थान दाङको प्रसिद्ध राप्ती नदीको पुलनेरको ठाउा भालुवाङदेखि राप्ती नदीको पूर्वतिरको छेउमा पर्छ ।
गाास बासको समस्या टार्न कृष्ण सेनका बाबा भारतीय सेनामा हुनुहुन्थ्यो । त्यसैले सेनको प्रारम्भिक जीवन देहरादुनमै बित्यो । पछि बाबा जागिरको सिलसिलामा गोरखपुर पुगेपछि त्यहीाको एउटा सरकारी विद्यालयमा उहााको औपचारिक अध्ययन सुुरु भयो । गोरखपुरको स्कुलमा राम्रोसाग अक्षर चिन्न नपाउादै २०१९ सालमा उहाा परिवारसाग प्युठान फर्किनु भयो । त्यही साल आमा भीम कुमारीको असामयिक निधन भयो । नाबालक कृष्ण सेनले मातृ वियोगको कठोर पीडा सहनु पर्यो । लगत्तै बुबाले अर्को बिहे गर्नुभयो । मातृवात्सल्यको अभावमा जन्मिने पीडासागै उहााको जीवनमा दु:खका दिन सुुरु भए ।
बाल्य कालका दिनहरू पीडा, वेदना र दु:खमा बित्न थाले । त्यही भौतिक परिवेशले कृष्ण सेनलाई सानैदेखि भावुक, प्रकृतिप्रेमी र गम्भीर बनाउादै लग्यो । नेपाल फर्किएपछि उहााको व्यवस्थित अध्ययन दाङ जिल्लाको देउखुरी स्थित श्री आदर्श माध्यमिक विद्यालयबाट भयो । त्यहाा उहााले ८ कक्षासम्म अध्ययन गर्नुभयो । ९ र १० कक्षाको पढाइ त्यहाा नहुने भएकाले दाङकै लालमटियाको श्री सरस्वती हाइ स्कुलबाट माध्यमिक तहको पढाइ पुरा गर्नुभयो । १९ वर्षको उमेरमा २०३२ सालमा द्वितीय श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि केही समय उहााले पढाइ स्थगित गर्नुभयो । त्यसलगत्तै उहााले दाङको कोइलाबासमा रहेको साल्ट ट्रेडिङको कार्यालयमा जागिर खानुभयो । त्यहाा उहााले करिब दुई वर्ष काम गर्नुभयो । भ्रष्टाचारमा सहभागी हुन नमान्दा समकक्षीहरूसाग बसेर काम गर्न अप्ठ्यारो पर्न थाल्यो र पछि उहााले जागिर पनि छोडिदिनु भयो ।
जागिर छोडेपछि उहाा भारतको बनारस जानुभयो र प्रवीणता प्रमाण पत्र तहको अध्ययन सुरु गर्नुभयो । कोइलाबासमा जागिरे हुादा नेकपा (मशाल) साग समर्थकका रूपमा जोडिएको उहााको राजनीतिक सम्बन्ध बनारस पुगेपछि अझैझप्रगाढ बन्यो । यो सम्बन्ध पार्टी सम्बन्धमा फेरियो । त्यसैबेला अर्थात् २०३८ सालमा नै उहााले नेकपा (चौम/मशाल) को सदस्यता लिनु भयो ।
गहुागोरो र हासिलो चेहरा, मध्यम कद, पातलो शरीर, मिठासपूर्ण बोली, उदात्त भावना, उच्च विचार र सर्वहारा जीवनशैलीका धनी इच्छुकले सामाजिक जीवनमा सक्रिय भूमिकाको सुरुआत राजनीतिक कार्यकर्ताका रूपमा गर्नुभएको थियो । त्यही राजनीतिक चेतनाको जगमा उभिएर उहााले साहित्य सिर्जनामा निरन्तर आफूलाई क्रियाशील बनाउनु भयो । कवितालाई बराबर परिष्कृत गरेर चित्तबुझ्दो लागेपछि मात्र त्यसलाई पाठक समक्ष लैजाने उहााको विशिष्ट स्वभाव थियो । कठोर साधनाका कारण नै उहााको सिर्जनशील व्यक्तित्व उच्च बनेको हो । कविताको लय र भावलाई सुन्दर शैलीमा अभिव्यक्त गर्ने उहााको विशिष्टता यही निरन्तर साधना र सौन्दर्य चेतकै उपज हो ।
२०३२–३३ तिर वामपन्थी पार्टीप्रतिको झझुकावसागै कृष्ण सेनका साहित्यिक रचनाहरू प्रकाशित हुन थालेका थिए । पहिलो पटक २०३२ सालमा मातृभूमि साप्ताहिकमा उहााको ‘‘भोलिप्रति’ शीर्षकको कविता प्रकाशित भएको हो । उहाामा एकातिर नेपालबाट जागिरको खोजीमा भारत पुगेका नेपालीको पीडा थियो भने अर्कोतिर मातृ शोकको गहिरो पीडा, गरिबी र अपमानले थिल्थिलिएको छाती पनि थियो । यस्ता सबै दुर्दमनीय स्थिति झेल्दै बालापन गुजारेका कृष्ण सेनको मनमस्तिष्कमा भावना र संवेदना चुलिनु स्वाभाविक थियो ।
दाङका पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्माको विशेष प्रभावले कृष्ण सेन सक्रिय रूपमा साहित्यिक यात्रातर्फ अग्रसर हुनुभयो । २०३२ सालतिरैबाट कविता लेखे पनि कृष्ण सेनलाई कविका रूपमा चिनाउने कविताचाहिा ‘‘त्यो प्यारो प्यारो गाउाको नाम थवाङ हो’ हो । यो कविता उहााले २०३८ सालमा रच्नुभएको थियो र ऋषिराज बरालको सम्पादनमा रहेको त्यति बेलाको चर्चित पत्रिका त्रिकोणमा छापिएको थियो । वर्ग सङ्घर्षप्रति समर्पित र क्रान्तिकारी आशावादिताले भरिएको यस कविताले कृष्ण सेनलाई प्रगतिवादी कविताको फााटमा राम्रोसित स्थापित गरायो । यसै बेलादेखि उहाा साहित्यमा कृष्ण सेन ‘‘इच्छुकु का नामले स्थापित हुनुभयो ।
बनारसबाट प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेर नेपाल फर्कंदा यहाा राजनीतिक आन्दोलन उत्कर्षमा थियो । २०३६ सालको आन्दोलनले उहाामा एकातिर राजनीतिक चेतना अभिवृद्धि हुने परिवेश जन्माइ दियो । यसले उहाामा माक्र्सवादी कलाचेतनाको विकास गर्न पनि सहयोग पुर्यायो । त्यसपछि उहाा २०३६ सालमा दाङको महेन्द्र क्याम्पसमा स्नातकको अध्ययन गर्न थाल्नुभयो । अध्ययनकै क्रममा पार्टीले विद्यार्थी सङ्गठनको जिम्मा दिएपछि अनेरास्ववियुको नेतृत्वमा सक्रिय भएर काम गर्न थाल्नुभयो । त्यस बेला विद्यार्थी सङ्गठन निर्माणका क्रममा उहाामा देखिने सक्रियता र दृढताबाट अत्तालिएका सामन्त र जमिनदारहरूले उहाालाई पटक पटक गुन्डा लगाएर कुटपिटसम्म गरे । उहाामा विकसित भएको चेतना देखेर पञ्चायती शासकहरू अत्तालिन थाले र उहााको निरन्तर निगरानी गर्न थाले । २०३९ साल बैशाख ११ गते उहाालाई क्याम्पसभित्रै गएर प्रहरीले गिरÇतार गर्यो । उहाालाई शान्ति सुरक्षा ऐन अन्तर्गत हरेक ९–९ महिनामा रिहा गरेको कागज गराउादै र फेरि पक्रादै ५ वर्ष ३ महिनासम्म दाङको कारागारमा राखियो । उहाा कारागारमै रहेको अवस्थामा सहयोद्धा तथा जनप्रिय विद्यार्थी नेता मित्रमणि आचार्यलाई २०४२ साल बैशाख १८ गते नेपाल विद्यार्थी सङ्घका गुन्डाहरूले निर्ममतापूर्वक हत्या गरे । सहयोद्धा मित्रमणिको शोकमा डुबेर इच्छुकले जेलभित्रै शोकाञ्जली खण्डकाव्य लेख्नुभयो । २०४२ सालमै दाङको घोराही कारागारमै लेखिएको यस खण्डकाव्यको प्रकाशन २०४८ सालमा भयो ।
२०४४ साल असारमा उहाा कारागारबाट रिहा हुनुभयो । त्यसपछि पार्टीले उहाालाई अनेरास्ववियुको संयोजक बनायो । २०४६ सालको जनआन्दोलनमा उहााले पश्चिम नेपालमै बसेर जनचेतना जगाउने र सङ्गठन निर्माण गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । आन्दोलन सम्झौतामा टुङ्गियो । त्यो आन्दोलनपछि विकास भएको सापेक्षित खुला परिवेशसागै इच्छुक अझै सक्रियतापूर्वक पार्टी सङ्गठनको काममा लाग्नुभयो । २०४७ सालमा उहाा तत्कालीन नेकपा (मशाल) को राप्ती क्षेत्रको पार्टी सचिव हुनुभयो ।
क्रान्तिकारी वामपन्थी पार्टीहरू बिच २०४८ सालमा एकता राष्ट्रिय सम्मेलन भयो । उक्त सम्मेलनमा राप्तीबाट प्रतिनिधित्व गरेर आउनुभएका इच्छुकलाई केन्द्रीय समितिको सदस्य बनाउने पार्टीको योजना थियो र पार्टीले प्रस्ताव पनि गर्यो । आफू मूलत: स्रष्टा भएकाले राजनीतिक कामको चटारो बिच सिर्जनात्मक कार्य गर्न असहज हुने भन्दै उहााले पार्टीको केन्द्रीय सदस्य हुन अस्वीकार गर्नुभयो ।
पार्टी एकीकरणपछि २०४७ सालमा इच्छुक क्रान्तिकारी संस्कृतिकर्मीहरूको मोर्चा अखिल नेपाल राष्ट्रिय जनसांस्कृतिक सङ्घ एकता संयोजन समितिको संयोजक बन्नुभयो । २०४८ सालमा भएको जनसांस्कृतिक सङ्घको पहिलो राष्ट्रिय भेलाले उहाालाई अध्यक्ष चयन गर्यो । इच्छुक सांस्कृतिक क्षेत्रमा सक्रिय भएर २०४८ देखि काठमाडौामै बस्न थाल्नुभयो । त्यस बेला राजधानीबाट प्रकाशित साप्ताहिक पत्रिका जनादेश, महिमा, योजना र पृष्ठभूमिमा उहााले सक्रियतापूर्वक सहयोग गर्न थाल्नुभयो ।
२०४८ साल माघ ११ गते तक्मा केसीसाग उहााको विवाह भयो । दाङमा गरिएको विवाह पार्टीको पहलमा भएको थियो । उहााहरू बिच पहिल्यैदेखि चिनाजानी भए पनि विवाह भने पार्टीको अगुवाइमा भएको थियो । २०५० सालमा छोरी समीक्षाको जन्म भयो । जनसांस्कृतिक सङ्घको निर्णय अनुसार २०५० सालमा उहााले प्रगतिवादी साहित्यको प्रतिनिधिमूलक पत्रिका कलम त्रैमासिकको सम्पादनको जिम्मेवारी लिनु भयो । २०५१ सालपछि उहाा पत्रकारितामा थप सक्रिय हुनुभयो र जनादेश साप्ताहिकको सम्पादक बन्नु भयो । तिन वर्षभन्दा बढी जनादेश साप्ताहिकको सम्पादकका रूपमा उहाा क्रियाशील हुनुभयो । २०५२ सालमा उहाा पत्रकारहरूको साझा सङ्गठन नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद् बन्नु भयो ।
जनादेश साप्ताहिकमा समय दिनुपरेको कारण उहाा केही समय सांस्कृतिक मोर्चाको जिम्मेवारीबाट हट्नुभयो । २०५५ सालमा भएको अखिल नेपाल जनसांस्कृतिक सङ्घको प्रथम सम्मेलनले उहाालाई पुन: अध्यक्षमा चयन गर्यो । यसै क्रममा पटक पटक गरी उहााले २०५६ सम्म कलम पत्रिकाको सम्पादनको जिम्मेवारी लिनुभयो ।
२०५६ सालमा उहााको देस्रो पुस्तक इतिहासको यस घडीमा प्रकाशित भयो । यस पुस्तकभित्र उहााका २०३८ देखि २०५६ सालसम्म लेखिएका कविता समेटिएका छन् । समयको त्यही अन्तरालमा नेकपा (माओवादी) को उपत्यका क्षेत्रीय ब्युरोको सदस्य समेत हुनुभयो र जनअधिकार सरोकार अभियान नामक मानव अधिकारवादी सङ्गठनमा बसेर काम गर्नुभयो ।
तेस्रो बेथान वीरता दिवसका अवसरमा २०५५ साल पुस १९ गते माओवादी छापामार टुकडीले काठमाडौा उपत्यका नजिक रहेको ललितपुरको भट्टेडााडा प्रहरी चौकीमा आक्रमण गरेको समाचार जनादेशमा लेखे बापत प्रहरीले उहाालाई वारेन्ट जारी गर्यो । तत्काल गिरÇतार गर्न नसके पनि उहाा २०५६ बैशाख ६ गते गिरÇतार हुनुभयो । गैरकानुनी रूपमा राखिएका इच्छुकलाई बिना पुर्जी भद्रगोल जेलमा राखियो र पछि षड्यन्त्रपूर्वक खर खजाना तथा हातहतियार सम्बन्धी मुद्दा लगाएर सिराहा जेलमा पठाइयो । भद्रगोल जेलमै रहादा उहााले बन्दी र चन्द्रागिरि काव्य लेख्नु भयो । प्रगतिशील लेखक सङ्घ र नेपाल पत्रकार महासङ्घका राष्ट्रिय पार्षद् समेत रहेका इच्छुकको गैरकानुनी गिरÇतारी विरुद्ध नेपाल पत्रकार महासङ्घ र विभिन्न लेखक, सांस्कृतिक सङ्घ संस्थाले गरेको सङ्घर्ष विशेष स्मरणीय छन् ।
इच्छुकको गैरकानुनी थुना विरुद्ध व्यापक जनमत बढ्दै जान थाल्यो । उहाालाई बाध्य भएर अदालतले दुई वर्षपछि सफाइ दियो । लामो सङ्घर्षपछि उहाा २०५७ चैत २ गते रिहा हुनुभयो । रिहा भएर काठमाडौा आएपछि उहाा फेरि जनादेशको सम्पादनको काममा लाग्नु भयो ।
जेल बसाइका क्रममा उहााले रचना गरेको लामो कविता कृति—काव्य बन्दी र चन्द्रागिरि २०५७ सालमा प्रकाशित भयो । यस काव्य कृतिले इच्छुकलाई प्रगतिवादी साहित्यको अग्रणी सर्जकको कोटिमा लगेर उभ्यायो । कवितामा ग्राम्य जीवनसाग जोडिएका बिम्ब, सरल प्रतीक एवम् कला र भावको सुन्दर संयोजन गर्ने कवि इच्छुक २०५८ सालमा ‘‘साहित्य सन्ध्या’ पुरस्कारद्वारा पुरष्कृत हुनुभयो ।
जनताले चलाएको न्यायपूर्ण युद्धका विरुद्ध प्रायोजित दुष्प्रचार अभियान चलाइएको बेला सबै भ्रम चिर्न जनपक्षीय दैनिक पत्रिकाको अभाव खट्किादै गएको अवस्थामा जनदिशा दैनिकको प्रकाशन प्रारम्भ भयो र इच्छुक त्यसको प्रधान सम्पादक बन्नुभयो । २०५८ साल भदौ १४ गतेदेखि मङ्सिर ११ गतेसम्म करिब तिन महिना जनदिशा दैनिकको सम्पादन गरेपछि सङ्कट कालको नाममा राज्यले जनपक्षीय पत्रिकाहरूमाथि पनि रोक लगाइदियो र जनदिशाको प्रकाशन बन्द भयो ।
माओवादी जन युद्धले गुणात्मक तीव्रता लिन थालेपछि २०५८ साल मङ्सिरदेखि फासिवादी सरकारले सङ्कट काल लागु गर्यो । यसको लगत्तै राज्यले इच्छुकमाथि पनि ‘‘रेड कर्नर नोटिसु जारी गर्यो । त्यसपछि उहााले भूमिगत भएर पार्टी कामलाई निरन्तरता दिनुभयो । त्यसरी सङ्घर्षरत भएको बेला आफ्नै साथीहरूको अन्तर्घातका कारण उहाा काठमाडौाको मध्य बानेश्वरबाट २०५९ जेठ ६ गते गिरÇतार हुनुभयो । उहााको अवस्था अज्ञात रहेकै अवस्थामा काठमाडौाबाट प्रकाशित हुने जनआस्था साप्ताहिकले ‘‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकमा समाचार प्रकाशित गर्यो । त्यसमा लेखिएको थियो :
२०५९ साल जेठ ६ गते पक्राउ पर्नुभएका पत्रकार सेन प्रहरी हिरासतभित्रै चरम यातनाका कारण मारिनु भएको छ । उहााको हत्या महेन्द्र पुलिस क्लबभित्र २०५९ साल जेठ १३ गते भएको मानिन्छ ।