काठमाडौं, जेष्ठ १३ ।
सूचना तथा सञ्चारमन्त्री डा मिनेन्ऽ रिजालले भूकम्पबाट प्रभावित सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई सरकारले राहत उपलब्ध गराउने बताउनु भएको छ ।
नेपाल प्रेस यूनियनको २४ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले सञ्चारगृह, काम गर्ने पत्रकारहरु, सम्पादक र लगानीकर्ताहरुसाग छलफल भइरहेको र तत्काल कार्ययोजना बनाई भूकम्पबाट प्रभावित सञ्चारगृह र सञ्चारकर्मीहरुलाई राहत उपलब्ध गराउने जानकारी दिनु भयो ।
मन्त्री रिजालले बिस्तृत कार्ययोजनासागै आगामी बजेटमा पनि सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हकहित बजेट छुटयाउने प्रतिबद्धता जनाउनु भएको छ ।
यस्तै उहाले एभिन्युज टेलिभिजनको अनुमतिपत्र खारेज गर्ने मन्त्रालयको निर्णय उल्ट्याउने बताउनु भएको छ ।
आफू कुनै पनि सञ्चारमाध्यमको प्रकाशन तथा प्रसारण बन्द गर्ने पक्षमा नरहेको बताउनु भयो ।
मन्त्रालयले गएको आइतबारदेखि लागु हुने गरी एभिन्युज टेलिभिजनको अनुमति पत्र खारेज गर्ने निर्णय गरेकामा मन्त्री डा. रिजालले ऐन कानुनमा जे व्यवस्था भएपनि आफूले प्रसारण बन्द नगर्ने गरी निर्णय गर्ने बताउनु भयो ।