जेठ १२ सल्यान
सल्यानमा एक कार्यक्रममा बोल्ने वक्ताहरुले संचारमाध्यामको दिगो विकासका लागि संचारसंस्थाबाट दिने विषयबस्तुका विषयमा विश्वसनियता हुनुपर्ने बताएका छन ।
कृष्णसेन इच्छुकको १३ औं स्मृती दिवशका अवसरमा राखिएको “संचार माध्यामको दिगो विकासका लागि सरोकारवालको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । जिल्लामा क्रियाशिल क्रान्तीकारी पत्रकार संगठन र क्रान्तिकारी पत्रकार संघ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका एनेकपा माओवादी सल्यानका उपाध्यक्ष ज्ञान बहादुर वलीले संचारकर्मीहरु समाचारको लागि आफै परिचालन नभएको खोजी गर्नुको साटो चिठीको औपचारिकतामा समाचार बनाएकोले संचारमाध्यमको विकास हुन नसकेको औल्याएका थिए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले संचारमाध्यमको विकासका लागि सुचनाको गुणस्तरियतामा ध्यान दिनुपर्ने बताएका छन ।
क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष दिपक शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष पवन वलीले गरेका थिए भने कार्यक्रममा सहभागीलाई क्रान्तिकारी पत्रकार संगठनका सचिव योगराज विश्वकर्माले गरेका थिए ।
दुई संगठनका केन्द्रिय सदस्यहरु प्रतिक इच्छुक शर्मा र डिल्लीराज रावत उपस्थितीमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । आफुहरु भुकम्प प्रभावित क्षेत्रमा खटिएकाले आफुहरु उपस्थित हुन नसकेको विप्लव नेतृत्वको माओवादीले जनाएको थियो । कार्यक्रममा इच्छुकको जिवनी पढेर सबैलाई जानकारी गराइएको थियो । कार्यक्रममा सहभागिले इच्छुकको व्यक्तित्वको चर्चा गरेका थिए । इच्छुकलाई सम्झदै प्रमुख अतिथी ज्ञान बहादुर वलीले इच्छुक भएको आजको यो अवस्था देशले भोग्नु नपर्ने बताएका छन । एउटा त्यागी जननेता, जनकलाकार, पत्रकार, लेखक सर्वगुण भएका इच्छुक व्यक्ति एक प्रतिभा अनेक भएका व्यक्ति भएको सबैले बताएका छन । कार्यक्रममा नेपाली काग्रेशका जिल्ला सदस्य धन बहादुर हमाल पत्रकार महासंघ सल्यानका सभापती सालिकराम शर्मा, जिल्ला शिक्षा अधिकारी जगन्नाथ उपाध्याय, शारदा नगरपालिकाका कार्यकारी अधिकृत राम बहादुर शाही, नेपाल प्रेस युनियनका उपाध्यक्ष सनत शर्मा, ओरेक सल्यानका कार्यक्रम अधिकृत अशोक चौधरी लगायतले अन्तरक्रियात्मक भनाई राखेका थिए ।
साहित्यकार, लेखक, कवी तथा पत्रकार इच्छुकलाई २०५९ जेठ १३ गते नै काठमान्डौको प्रदर्शनीमार्गमा रहेको महेन्द्र पुलिस क्लवमा निर्ममतापुर्वक हत्या गरिएको थियो । इच्छुकलाई जेठ ६ गते काठमान्डौंको नयाा बानेश्वरबाट दिउसै गिरफ्तार गरेर महेन्द्र पुलिस क्लवमा पुऱ्याई चरम यातना दिदै अन्तीममा गोली हानी हत्या गरिएको थियो । इच्छुकको सम्झनामा क्रान्तिकारी पत्रकार संगठनले आज देशव्यापी रुपमा विभिन्न कार्यक्रम साथ मनाइएको केन्द्रिय संयोजक प्रभात चलाउनेले जनाएका छन ।