काठमाडौ, १३ जेठ ।
गत बैसाख १२ र २९ गते गएको महाँ विनाशकारि भुकम्पका कारण स्थगित स्नातक तेस्रो वर्षको परीक्षा यही जेठ ३१ गते देखि हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यायलले वैशाख १६, २४, २५ र जेठ १४ गते स्थगित गरिएका परीक्षा ३१ गतेदेखि गर्नेगरी नयाँ तालिका सार्वजनिक गरेको हो ।
भुकम्पका कारण विद्यार्थी मानसिक रुपमा परिक्षा दिन तयार नभए पनि जेठ भन्दा ढिलो परिक्षा गर्दा क्यालेण्डर प्रभावित हुने भएकाले तत्कालै परिक्षा सुरु गर्ने निर्णय गरिएको हो ।
शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी, विज्ञान, कानुन संकायमा स्नातक तह तेस्रो वर्षमा नियमित र इक्जामटेड गरी झण्डै साढे ३ लाख परीक्षार्थी छन् । भुकम्पमा प्रभावित जिल्लाहरुमा विभिन्न हजारौ विद्यालयहरु समेत ध्वस्त भएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline