काठमाडौ, १३ जेठ ।
प्राकृतिक प्रकोपको मौका छापेर व्यापारीहरुले कालोबजारी गरिरहेका छन । दैनिक उपभोग्य वस्तुहरुको मुल्य आकासिन थालेपछि उपभेक्ताहरु मारमा परेका छन ।
गत बैसाख १२ र २९ गतेको विनासकारि भुकम्प र त्यसपछिका पराकम्पनहरुबाट त्रसित बनेका उपभोक्तहरु व्यवसायीहरुले आफखुसि मूल्य बढाएर महंगीको मार खप्न बाघ्य परेका छन ।
भुकम्पको विनाश यता खास गरि तरकारी, फलफुल, खाद्यान्न, लत्ता कपडा आदिको मुल्य एकदमै आकासिएको हो । तरकारीको मुल्य हालसेल बजारमा घटे पनि विचौलियाका कारण उपभोक्त सम्म आइपुग्दा महँगीएको हो ।
प्रयाप्त मौज्दात भएका बस्तु खानेतेल, चामलको मुल्य समेत आकासिदै छ भने दाल प्रतिकिलो ३० रुपैयाले बढेको छ ।
त्यस्तै तेलमा एक लिटरको ४ रुपैया सम्म बढ्दा चनाको मूल्य १५ रुपैयाले बढेको छ । नेपालमा यसरि दैकि उपभोग्य वस्तुहरुको मूल्य आकासिनुमा बेमौसमि बर्खाका कारण भारतमा दात खेति नष्ट हुनु बताइएको छ कुलेश्वरसिथत दिलिप एण्ड इन्टरप्राइजेजका अनुसार दाल खेति भारतमै नष्ट हुदा मूल्य बढेको हो । भुकम्पको मौका छोपी कहि ठुला व्यवसायीले लुकाएको आशंका समेत गरिको छ ।
यसरि दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकासिदा समेत सरकार मानेन छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिेनाका अनुसार सरकारको लचिलोपनाले उपभोक्तहरुले सास्ती झेल्नु परेको छ ।