काठमाडौ, १३ जेठ ।
बैसाख १२ र २९ गते गएको महाँ विनाशकारि भुकम्पको चपेटमा परेका भुकम्प पिडित यति बेला अर्को समस्यामा परेका छन ।
विश्व खाद्य कार्यक्रम र रेडक्रसले राहत बाड्ने वहानामा कुहिएको चामल काभ्रेका भुकम्प पिडितलाइ बाडेको छ ।
भूकम्प पीडितलाई अखाद्य चामल बाँडेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले वितरणकर्ता विश्व खाद्य कार्यक्रम र नेपाल रेडक्रसलाई कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
रेडक्रसमार्फत विश्व खाद्य कार्यक्रमले बाँडेको चामल खाँदा कुकुरले खाने चामल बालबालिकामा झाडापखाला लागेपछि आयोगले थप बाँड्न ठीक पारिएका चामलको निरीक्षण गरेको थियो ।
त्यस क्रममा चामलको गुणस्तर खान नहुने पाएपछि आयोगले कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।
‘मानिसको स्वास्थ्य तथा जीवनसँग सम्बन्धित खाद्यान्नमा खेलबाड गर्ने संस्थाहरुलाई कानूनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँछ,’ आयोगले मंगलबार विज्ञप्ती जारी गर्दै भनेको छ ।
कुकुरले खाने चामल आफुहरुलाइ बाडेर दुखेको घाउमा नुन चुक छर्किएर झन दुखाएको भन्दै स्थानीय निकै आक्रोसीत बनेका छन ।
