१३ औं ईच्छुक स्मृति दिवस आज मनाईदै

१३ औं ईच्छुक स्मृति दिवस आज मनाईदै

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौं जेष्ठ १३ ।

पत्रकार तथा कवि कृष्ण सेन ईच्छुकको १३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

माओवादी सम्वन्ध रहेको आरोपमा २०५९ साल जेष्ठ १३ आजकै दिन प्रहरीले यातना दिएर सेनको हत्या गरेको थियो ।

आज माओवादी सम्वद्ध पत्रकार एवं सांस्कृतिक संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् ।

आज नेकपा माओवादी निकट क्रान्तिकारी पत्रकार संगठनले मध्य वानेश्वरमा एक कार्यक्रम गरी ईच्छुक स्मृति दिवस मनाउने तयारी गरेको छ ।

बिहान ८ बजे पछि हुने कार्यक्रममा माओवादी महासचिव नेत्र विक्रम चन्द विप्लवले सवोधन गर्ने कार्यक्रम रहेको क्रान्तिकारी पत्रकार संगठनका सयोजक प्रभात चलाउनेले जानकारी दिनु भयो ।

यसै गरी एमाओवादी निकट क्रान्तिकारी पत्रकार संघले दाङको भालुवाङ स्थित सेनको पुख्र्यौली घरमा गएर ईच्छुक स्मृति विदस मनाउदै छ ।
कार्यक्रममा प्रेस काउन्सीलका अध्यक्ष व्रोण बहादुर कार्की लगायतकाको सहभागीता रहने सो संगठनका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनु भयो ।

यस्तै ईच्छुक स्मृति प्रतिष्ठान, वैद्य निकट क्रान्तिकारी पत्रकार महासंघ र सांस्कृतिक संगठनले वाण भञ्ज्याङमा राहत वितरण गरी कार्यक्रम मनाउदै छन् ।

माओवादी अध्यक्ष मोहन वैद्य लगायतका नेताको उपस्थितिमा जस्ता पाता लगायतका राहत वितरण गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ । कार्यक्रम बिहान ११ बजे पछि हुने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी