काठमाण्डौ, १२ जेठ ।
भुकम्पका स सना पराकम्पन जाने क्रम अझै रोकएको छैन । भूकम्प आउन थालेको एक महिना पूरा हुँदा आज पनी ४ वटा भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा केन्द्रविन्द बनाएर दिउँसो २ बजेर ११ मिनेट जादा ४ दशमलव ३ रेक्टर स्केलको त्यस्तै ५ बजेर ४८ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको त्यसैगरी ६ बजेर ३९ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको गएको छ ।
त्यस्तै बेलुका करिब ८ बजेतिर ललितपुर र काभ्रेको सीमा क्षेत्रमा केन्द्र बनाएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
स साना पराकम्पनबाट डराउन नहुने तर सचेत रहनु पर्ने बिज्ञहरुले सुझाव दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline