नेपालमा चलेको लामो मुक्ति युद्धको समयमा राज्य द्धारा मारिएका युद्ध पत्रकार तथा शहिद कृष्ण सेन ईच्छुको १३ औ स्मृति दिबस पोखरामा पनि मनाउने तयारी गरिएको छ ।
जेष्ठ १३ गते नेपाल पत्रकार महासघं कास्कीको आयोजनामा कास्की जिल्लामा रहेको सबै कृयाशिल संगठन तथा पत्रकारहरुको सहभागितामा स्मृति दिबस मनाउन लागिएको पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष राम प्रसाद तिमल्सीनाले बताए ।
नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा बिहान ११ बजे आयोजना गरिएको कार्यक्रममा उनीप्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्ने कार्यक्रम रहेको तिमल्सीनाले जानकारी दिए ।
जनदिशा पत्रिकाको सस्थापक तथा प्रधानसम्पादक ईच्छुकले नेपालमा युद्ध पत्रकारीताको बिकासको लागि ठुलो योगदान रहेको छ । ईच्छुकलाई तत्कालीन अबस्थामा काठमान्डौको नयााबानेश्वरमा गिरफ्तार गरेर १३ गते तत्कालीन महेन्द्र पुलिश क्लवमा चरम यातना दिएर र्निममता पुर्बक हत्या गरेको गरिएको थियो ।
२०५२ साल देखि सुरु भएको माओबादी जनयुद्धमा समर्थन गरेको अभियोगमा राज्यले उनलाई ५९ सालमा गिरफ्तार गरेको थियो ।
राज्य बिरुद्ध हतियार उठाएको तत्कालीन माओबादी र माओबाद बिचारलाई समर्थन गर्नेहरु बिरुद्ध राज्यले हत्या तथा वेपक्ता बनाउने गरेको थियो । माओबादी आन्दोलनको क्रममा नेपालमा १२ हजार नेपालीको ज्यान गएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीले सबै पत्रकार, मानवअधिकारबादी तथा सरोकारवालाहरुलाई कार्यक्रमा उपस्थित हुन अनुरोध गरेको छ ।