काठमाण्डौ,१२ जेठ ।
म्याग्दीमा अझै पहिरो जाने क्रम रोकिएको छैन । पहिरो जाने क्रम नरोकीएपछि अवरुद्ध बेनीजोमसोम सडक खुलाउने तथा कालीगण्डकी थुनिएर बनेको तलाउलाई सुरक्षित रुपमा व्यवस्थापन गर्ने काम प्रभावित भएको छ ।
सडक खुलाउन र तलाउमा बाँकी रहेको पानीको सहज तथा सुरक्षित निकास गराउन पहल गरे पनि राम्चे ९ को काफलडाँडा पहाडबाट पहिरो खस्ने क्रम नरोकिएकाले काम सुरु गर्न नसकिएको नेपाली सेनाले जनाएको छ ।
पहिरो र तलाउको अध्ययन गरेर फर्कनुभएका नेपाली सेनाको कालीप्रसाद इञ्जिनियरिङ गणका प्रमुख सेनानी राजेन्द्र श्रेष्ठले पहिरोले पुनः कालीगण्डकी थुनिने र तलाउ फुट्ने तथा त्यसले तटीय क्षेत्रमा असर गर्ने खतरा नरहेको जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline