काठमाण्डौ,१२ जेठ ।
सरकारले राहातमा अनियमितता हुनै नदिने दाबी गरीरहेका बेला धादिङमा भने बाँडिएको राहत सामाग्रीमा अनियमितता भएको खुलासा भएको छ । धादिङको जिवनपुर गाविसका विभिन्न वडामा भुकम्प पिडीतहरुका लागि बाँडिएको राहत सामाग्रीमा अनियमितता भएको खुलासा भएको हो ।
जिल्ला विकास समिती धादिङबाट प्रदान गरिएको ९ लाख रुपैयाँ मध्ये ७ लाख ८६ हजार पाँच सय सत्तरी रुपैँयाको विभिन्न खाद्यान्न सामाग्री खरीद गरी गाविसबाट बाँडिएको राहत सामग्रीमा अनियमितता भएको पाईएको हो ।
गाविसमा सर्वदलीय बैठक बसेर सम्पूर्ण वडाका प्रत्येक भुकम्प पिडीत घरधुरीलाई दाल, नुन, तेल, मसला राहत वितरण गर्ने भनिए पनि पहिलो चरणमा बाँडिएको राहत सामाग्रीमा मसला नबाँडिएको र दालमा तौल कम गरेर बाँडिएको पाईएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline