जेष्ठ ११ काठमाण्डौ ।
यही २०७२ बैशाख १२ गतेका दिन आएको महाविनासकारी भुकम्प र त्यस पछी पटक पटकका शक्तिशाली परकम्पहरुले नेपालका साास्कृतिक तथा प्राकृतिक पर्यटकीय सम्पदाहरुमा
समेत क्षति पुर्याएबाट समग्र नेपालको विकासका लागि प्रमुख माध्यमका रुपमा स्थापित नेपालको पर्यटन क्षेत्र मर्माहत भएको सन्दर्भमा पर्यटक आगमनमा शिथिलता देखिएकोले तत्काल सुधारका उपायहरु अवलम्बन गर्दे नेपाली पर्यटनलाई यथासिघ्र सामान्य अवस्थामा फर्काउन सरकारी र निजी क्षेत्रको सहभागीतामा गठित पर्यटन पुनरुत्थान समिति र संस्कृति तथा
पुरातत्व विदहरु मिति २०७२ जेष्ठ ११ गतेका दिन नेपाल पर्यटन बोर्डमा एक महत्वपूर्ण छलफल कार्यक्रम आयोजना भयो ।
पर्यटन मन्त्रालयका सचिव श्री सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले यहि सन् २०१५ जुन १५का दिन काठमाडौं दरबार क्षेत्रमा एक समय सान्दर्भिक कार्यक्रमको
आयोजना गरि काठमाडौंमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु विदेशी पर्यटकहरुका लागि खुल्ला गरिएको र पुनरुत्थान कार्य औपचारिक रुपमा प्रारम्भ भएको जानकारी गराइने कार्यक्रम तय गरेको छ ।
यसका साथै पुरातत्व विभागको समन्वयमा पर्यटन क्षेत्रका सरकारी तथा निजी संघ सस्थामा कार्यरत पदाधिकारी/कर्मचारीहरुको सहभागीतामा त्यहाा भत्किएर र थुप्रियर रहेका संरचनाहरुका अवशेषहरु यथासिघ्र तीं साइटहरुबाट हटाई व्यवस्थित बनाउने सहमति पनि भएको छ ।
त्यसैगरी सरकारी एवं निजी क्षेत्रको सहकार्यमा प्रतिष्ठित विदेशी संचारकर्मी, टुर अपरेटरहरु, सेलिब्रिटीहरु लाई आमन्त्रण गरि नेपालका पर्यटकीय सम्पदाहरुको परिचयात्मक भ्रमण गराई सकारात्मक सन्देश फैलाउन सक्रिय रहने भएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डन मनत्रालयका सह सचिवहरु, पर्यटन विभागका महानिर्देशक, पुरातत्व विभागका बर्तमान एवं भूतपूर्व महानिर्देशकहरु, संस्कृति एवं पुरातत्व विदहरु, नेपाल एशोसियसन अफ टा्रभल एन्ड टुर अपरेटर्स एशोसियसन, नेपाल एशोसियसन अफ टुर अपरेटर्स, प्यासिफिक एसिया ट्राभल एशोसियसन/नेपाल च्याप्टर, सोसाइटि अफ ट्रभल एन्ड टुर अपरटर्स, भिलेज टुरिजम फोरमका अध्यक्षहरु, नेपाल पर्यटन बोर्डका कार्यकारी समितिका सदस्यहरु, र बोर्डका प्रशासकीय प्रमुखको उपस्थित रहेको थियो ।