एक महिनासम्म पनि पराकम्प आउने क्रम रोकिएन

एक महिनासम्म पनि पराकम्प आउने क्रम रोकिएन

  • मङ्लबार, जेष्ठ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ ,१२ जेठ । बिदाको समय ,सबै आफ्नो दैनीकिलाई विश्राम दिदै आफन्तसँग रमाईलो गरिरहेका बेला राजधानीका सडकले भने आराम गर्न पाएको थिएन ।

गत वैशाख १२ गते अर्थात आजकै दिन जव मध्यान्हले भेट्टाउनै लागेको थियो ।अचानक धर्ती हल्लियो । एकक्षण सबै अनभिज्ञ भए किन , के भयो । तर राम्ररी सोच्न पनि पाएनन् । जव आवाज सहित भुकम्पको धक्का महशुस भयो ।

सडकमा गुडिरहेका सावारी साधन यत्र तत्र उछिट्टीन पुगे । मानव निर्मित भौतिक संरचनाहरु ,घर भवन ,अचानक ढल्न थाले ।

मान्छेमा त्रासदी छायो ,कोहि चिच्यादै भाग्न थाले त कोहि भगवानको नाम जपेर बस्न बाध्य भए । खुल्ला स्थान नभएका ठाँउमा भाग्ने स्थीति पनि थिएन ।

बचाउ ,बचाउ , आयो , भुईचालो आयो , हरे भगवान ,राम राम , केहुन लाग्यो नेपालमा भनेर मानिसहरु चिच्याईरहेका थिए । अब्यवस्थीत रुपमा मापदण्ड विपरीत बनेका अग्ला गगनचुम्बी महलहरु हल्लिएको देख्नेहरु त झन त्यसैलाई हेर्दै कराईरहेका थिए । ढल्यो ढल्यो । उ ढल्नै लाग्यो । अब कता भाग्ने ?

बैशाख १२ गते मात्र हैन ,त्यसपछिका दिनहरु पनि नेपालीका त्रासमा नै बिते । जव घण्टाघरको घडीले १२ बजेको घण्टि बनाउने तरखर गर्दै थियो ,त्यसअघि नै ११ बजेर ५६ मिनेटमा गोर्खाको बारपाकमा भूकम्पले दिएको एक धक्काले थानकोटमा अवस्थित त्रिुभुवनको शालिक ढल्दा एक बालकले आमा भन्न नपाउदै प्राण त्यागे ।

त्यति मात्र हैन उपत्यकाको धरोह धरहरा ढल्यो । ७ दशमलव ८ म्याग्नेच्यूडको भुकम्प आउदा विश्व संपदा सुचिमा रहेका नेपालका थुप्रै संरचना र निज घर भवनहरु ढल्न पुगे । १४ जिल्ला त खण्डहरमै परिणत भए ।अहिलेसम्म चार म्याग्नेच्यूड माथिका २६७ वटा पराकम्पन आए ।

त्रासमा बित्यो जनजीवन

बैशाख १२ गते पछिका एक ३० दिन अर्थात एक महिना जनजीवन त्रासमा बित्यो । मुख्य प्रशासनिक केन्द्र सिंहदरवार ,शैनिक मन्च टुडिखेल , अन्य स्थानका खुल्ला चौर ,सडक ,स्कुलका ग्राउन ,खालि जमिन सबैमा पाल टागेर अहिलेसम्म पनि मानिस बसिरहेका छन् ।

जब पहिलो पटक ११ बजेर ५६ मिनेटमा पहिलो भुकम्प गयो ।त्यसदिन लगातारजसो भुकम्प गईरहदा मानिसहरु सडकमा नै रहिरहे । त्यसपछि दैनिक जसो आएका पराकम्पले बेवास्ता गर्दै सामान्य जीवनतर्फ फर्कन लागेको जनजीवन २९ गते मंगलवार पुन ः भुकम्प आएपछि सहज हुन सकेन । त्यसपछि उपत्यका छोडेर बाहिर जानेहरुको सङख्या बढ्यो उपत्यकाबासीहरु त्रासका कारण नचर्किएका ,सग्ला घरहरुमा पनि बस्न डराएर बाहिर नै बस्न थाले । अहिले मात्रै केहि सहजतातीर मानिसहरु फर्कदै गरेको अवस्था छ ।

हल्लाले झनै डराए उपत्यकाबासी

७ दशमलभ ८ म्याग्नेच्यूडको भुकम्प गएपछि लगातार गएका ४ म्याग्नेच्यूड भन्दा माथिका पराकम्प आउने क्रम निरन्तर चलेपछि अब नेपालमा ठुलो भुकम्प आउछ रे , भनेर हल्ला गर्नेहरु कै आधारमा धेरै मान्छे डराए । संसारमा नै नआएको भुकम्प नेपाल आउछ भन्दै हल्ला गरेर हिड्ने ,सामाजीक सन्जाल फेसबुकमा लेखिएका त्यस्ता टिप्पडीले पनि मानिसलाई सामान्य जनजीवनमा फर्कन नदिनलाई ठुलो भुमिका खेल्यो । त्यस्ता ब्यत्तिहरुलाई प्रह्रीले पक्राउ पनि गर्यो । यसका साथै ज्योतिषहरुले पनि अब फेरे ठुलो भुकम्प आउछ भन्दै डिड्दा प्रहरी खोरको हावा खान पुगे ।

बालबालिकामा बढी प्रभावित

भुकम्पका कारण सबैभन्दा बढी बालबालिकामा मानशिक असर पुग्न गाये । अभिभावक डाराउदा , भागेको देख्दा र आफ्नै अगाडि ठुला ठुला भवन ,घर भत्किएर मानिसहरु किचिएको देखेका बालबालिका मानसिक रुपमा बढी पीडित भएका छन् ।
अझै रोकिएन पराकम्प

एक महिना पुग्दा पनि अझै पराकम्प जाने क्रम रोकिएको छैन । सोमबार राति १० बजेर १६ मिनेट जादा दोलखा केन्द्रबिन्दु बनाएर ४ दशमलब ४ रेक्टरस्केलको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी