डोटी, १२ जेठ ।
भुकम्प पीडितका लागी डोटी जिल्लामा मात्रै झण्डै ९० क्विइटल खाद्यान्ह संकलन भएको छ । जिल्ला कृषि विकास कार्यालय डोटीको अगुवाईमा जिल्लाका विभिन्न किसानहरुबाट उक्त परिमाणमा खाद्यान्न राहत संकलन गरिएको हो ।
मंगलबार सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अुसार मंगलबार बिहान १० बजेसम्मको जोरायल क्षेत्रमा मात्रै ३० क्विन्टल खाद्यान्न संकलन गरिएको छ ।
वि.सं.२०७२ वैशाख १२ गते गोरखाको बारपाक र २९ गते दोलखाको सुनखानी केन्द्र विन्दु बनाई गएको भुकम्प पीडितहरुका डोटीबाट खाद्यान्न राहत संकलन गरीएको हो ।
जसमा जोरायले बास्मती चामल, गहुँ र दाल समेत संकलन गरिएको बताईएको छ ।
त्यस्तै निरौली–विपीनगर क्षेत्रमा १८ क्विन्टल, गड्सेरामा १२ क्विन्टल, वायल र मुडेगाउँमा १०÷१० क्विन्टल, पचनाली र भूमिराजमाण्डौमा ५५ र दिपायल सिलगढी नगरपालीकाको घोल्तडामा ३ क्विन्टल गरि ८३ क्विन्टल खाद्यान्न संकलन भएको छ ।
जिल्लाका अन्य ठाउँहरुबाट पनि किसानहरु खाद्यान्न संकलनका लागि ईच्छुक भएको तर भौगोलिकताका कारण ढुवानी समस्या हुने भएकाले संकलन गर्न नसकिने बतईएको छ ।
‘अन्नदान माहादान’ भन्ने ऋषी वाक्यलाई आत्मसाथ गरी आ–आफनो ईच्छा अनुसार आ–आफनै स्थानबाट समूह तथा सहकारीमा जम्मा गरी डोटेली कृषकको तर्फबाट खाद्यान्न संकलन गरिएको वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनु भयो ।
खाद्यान्न राहत संकलनका लागि विषेशतः सञ्चारमाध्यमका साथै कृषक, कृषक समूह, सहकारी तथा संघ÷संस्थाहरुमार्फत ठूलो सहयोग पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
अहिले गाउँ–गाउँबाट राजमार्गसम्म ढुवानी गर्ने काम भईरहेको र कैलालीमा प्रशोधन गरि एक हप्ताभित्र भुकम्प पीडितहरुलाई बाँडिने जनाईएको छ ।
संकलित खाद्यान्न गृहमन्त्रालय र केन्द्रिय दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरि प्रभावित क्षेत्रमै पु¥याएर बाँडिने बताईएको छ ।