काठमाण्डौ ,१२ जेठ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बडेरामा गएराति दुई वटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा तीनजना घाईते भएका छन् । पेप्सिकोला बोकेर पूर्वबाट पश्चिम जाँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको अर्को ट्रक ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय सुनवलले जनाएको छ ।
दुर्घटनाबाट पेप्सीकोला बोकेको गाडीमा रहेका चालक र सहचालकको मृत्यु भएको हो ।
मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा अर्काे ट्रकमा रहेका तीन जना घाईते भएको र उनीहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline