काठमाण्डौ ,१२ जेठ ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय परामर्श समितिको बैठक आज बस्दै छ ।
संसदले पारित गरेको संकल्प प्रस्ताव अनुरुप गठित समितिको आजको बैठकले भुकम्पले पुर्याएको क्षती , राहत तथा उद्धारका लागि सरकारले गरेको काम कार्वाहिका बिषयमा जानकारी गराईने छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बिहान साढे ११ बजे बस्ने बैठकमा संबिधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनितिक दलका प्रमुख र विज्ञहरुलाई बोलाईएको छ ।
बैठकमा अहिलेसम्म राहत उद्धारमा भएको प्रगतिको वस्तुस्थितीको बारेमा जानकारी गराउदै विपद पछिको राष्ट्रको अबस्थालाई हेरी सरकारले गरेको तयारी र अन्तराष्ट्रिय सहयोग जुटाउने बिषयमा छलफल हुने छ ।
यस्तै ,सरकारले विपद व्यावस्थापनका लागी प्रभावकारी संरचना निर्माणका लागी पनि छलफल भईरहेको जनाईएको छ ।
अहिलेको कानुनले पारीत गरेको राष्ट्रिय विपद व्यावस्थाका लागी २०६६÷२०६७ ले परिकल्पना गरेको संरचना र सरकारले हालै संसदमा प्रस्तुत गरेको राष्ट्रिय विपद व्यावस्थापन सम्बन्धी ऐनबारे सबै राजनितिक दल र विज्ञहरुको सुझाव लिने छ ।
सोहि सुझाव अनुरुप सरकारले भुकम्प प्रभावित जिल्लाको पुनर्निमाणका लागी तत्कालिन र दिर्घकालीन कार्ययोजना बनाउने छ ।