काठमाण्डौ ,१२ जेठ ।
सरकारले भुकम्प पीडितलाई आजबाट परिचयपत्र वितरण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले सोमवार नै परिचयपत्र सम्बन्धी निर्देशिका पारित गरिसकेको छ ।
पीडितहरुलाई सोहि परिचयपत्रका आधारमा सरकारबाट राहत तथा सुबिधा पाउनेछन् । परिचयपत्र जिल्ला दैवीप्रकोप उद्धार समीतिले वितरण गर्ने छ । गाविस तहमा नै पुगेर सरकारी टोलीले पिडित घरवालालाई राहत र परिचयपत्र बाड्ने छ ।
मन्त्रीपरिषदरले गरेको सो निर्णय आज जिल्ला पुग्ने मुख्य सचिव लिलामण्ी पौडेलले बताउनु भयो । उहाले राहत तथा परिचयपत्र वितरणमा राजनितिक संयन्त्रबाट सहयोगको आवश्यत्ता रहेको भन्दै सबै दलले पिडितसम्म पुर्याउन सहयोग गर्न पनि आग्रह गर्नुचभयो ।
परिचयपत्र सँगै तत्काल अस्थाई आवास निर्माणका लागी दिने भनिएको १५ हजार रुपैया पनि तत्काल पिडितले पाउने भएका छन् ।
तर डेरा गरेर बस्ने भुकम्प पिडितहरुलाई राहत दिने बिषयमा भने तत्काल कुनै छलफल नै नभएको सहसचिव रामेश्वर दङगालले जानकारी दिनुभयो ।