पोखरा ,११ जेठ ।
वैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण हवाई मार्ग हुदै उपत्यकाबाट बाहिरी जानेको सङख्या बढेपनि ५० प्रतिशत उडान कम भएको एयरलाईन्सहरुले जनाएका छन् ।
एयरलायन्स कम्पनीहरुका अनुसार भूकम्पको प्रभावले गर्दा पर्यटनको सङख्या घटेसंगै हवाई उडान समेत ५० प्रतिशत भन्दा कम भएको छ ।
पर्यटकको प्रमुख गन्तब्य पोखरामा चार वटा एयरलायन्स कम्पनीबाट दैनिक जसो ३० वटा फलाईट हुने गरेकोमा भुकम्पपछि दैनिक करीब १३ वटा फ्लाईट मात्र हुने गरेका छन् ।
पोखरा विमानस्थल कार्यालयका अनुसार हाल हवाई उडानमा करिब ८ प्रतिशत जसो मात्र विदेशी पर्यटकहरु रहेका छन ।
यति एयरलायन्स कम्पनीबाट पोखरा काठाण्डौको लागि दैनिक जसो हाल ४ वटा फ्लाईट हुदै आएको छ ।
त्यसै गरी बुद्ध एयरलायन्सले दैनिक जसो हाल पोखरा काठमाण्डौको लागि २ वटा मात्र उढान भर्दै आएको छ । अन्य समयमा दैनिक जसो ७÷८ वटा फ्लाईट गरेको बुद्ध एयरलायन्सले हाल पर्यटकहरुको सङख्यामा कमि भएसंगै फ्लाईट घटेको हो ।