ताप्लेजुङमा जनमूखी कृषि सहकारी संस्थाको अलैंची नर्सरी केन्द्र

ताप्लेजुङमा जनमूखी कृषि सहकारी संस्थाको अलैंची नर्सरी केन्द्र

  • सोमवार, जेष्ठ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

११ जेष्ठ ताप्लेजुङ 

कमर्सियल एग्रीकल्चर एलायन्सको आर्थिक साझेदारी र जिल्ला कृषि विकास

कार्यालय, ताप्लेजुङको प्राविधिक सहयोगमा ताप्लेजुङको जनमुखी कृषि सहकारी

संस्था लिमिटेडले ३ लाख १५ हजार पााचसय उनान्साठी रुपैयाा बराबरको अलौची

नर्सरी केन्द्र संचालन गरेको छ ।

गत चैत्र ९ गते ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको तोक्मे डााडामा आगलागी

हुादा सम्पूर्ण भौतिक सामाग्री गुमाएको जनमूखी कृषि सहकारी संस्था

लिमिटेडले आगलागिपछि लगत्तै सो नर्सरीको थालनी गरेको हो ।

 

आजै एक कार्यक्रमबीच अलौची नर्सरी केन्द्रमा लगानी भएको हालसम्मको

लगानीको सार्वजानिक सुनुवाई जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत

उमेश राउतको प्रमुख आतिथ्य, बरिष्ठ कृषि प्राविधिक एकनाथ भण्डारीको आतिथ्य र

जिल्लामा सकृय राजनीतिक दल, संचारकर्मीको उपस्थितिमा ३ लाख १५ हजार पााचसय

उनान्साठी रुपैयाा बराबरको सार्वजानिक लेखा परीक्षण गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राउतले अझ धेरै कृषि सहकारी संस्थाहरुले यस्ता उदाहरणीय

काम गरे कृषि क्षेत्रको विकासमा राष्ट्र र ताप्लेजुङ जिल्लाको लागि ठूलो टेवा पुग्ने

बताए । बरिष्ठ कृषि प्राविधिक एकनाथ भण्डारीले जिल्लामा ५ लाखभन्दा बढी

अलौची विरुवाको माग भएपनि यसपाल जिल्लाभित्रको १ लाख पचास हजार र बाहिरबाट १

लाखगरी जम्मा २ लाख पचास हजार अलौचीको विरुवामात्र वितरण गर्न सकिने भएको

हुनाले अलौची नर्सरीको भविष्य राम्रो भएको बताए ।

फरक प्रसङ्गमा अलौची नर्सरी केन्द्र संचालन गर्ने जनमूखी कृषि सहकारी संस्था

लिमिटेडका संचालक तथा पदाधिकारीले भने जिल्ला विपद व्यवस्थापन समिति र

राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि समक्ष आगलागीबाट पीडित घरवाला र भाडामा

बसेका सबैले राहत पाएको र पाईरहेको अवस्था तर जनमूखी कृषि सहकारी संस्था र

केहि संघसंस्थाहरु प्रति प्रसाशन, जिल्ला विपद व्यवस्थापन समिति र राजनीतिक दलहरुले

देखाएको उदासिनता प्रति आपत्ती जनाउादै राहत सबै अग्नि पीडितले पाउनुपर्ने

माग गरेका छन् ।

सार्वजानिक लेखा परीक्षण र अलौची नर्सरी केन्द्र अवलोकनको क्रममा राजनीतिक

दलका प्रतिनिधिले आवश्यक पहल गर्ने आश्वाशन दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी