पूर्वन्यायाधीश उप्रेतीको ईच्छाको सम्मान , शिक्षण अस्पताललाई शव बुझाइयो

पूर्वन्यायाधीश उप्रेतीको ईच्छाको सम्मान , शिक्षण अस्पताललाई शव बुझाइयो

  • सोमवार, जेष्ठ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ ,११ जेठ ।

आफ्नै निवासमा आत्महत्या गरेका पूर्वन्यायाधीश भरतराज उप्रेतीको उहाकै ईच्छा अनुसार शव त्रिवि शिक्षण अस्पताललाई बुझाइएको छ । सुसाइड नोटमा उप्रेतीले गरेको माग अनुसार उनको दाहसंस्कार नहुने भएको छ ।

उप्र्रेतीले लेखेको सुसाइट नोटमा पशुपतिमा दाहसंस्कार नगर्नु र आफ्नो शव टिचिङ अस्पतालका विद्यार्थीलाई बुझाइदिनु भनेकाले उहाको दाहसंस्कार नगरिने र शोक तथा श्रद्धाञ्जलीको सामान्य विधिमात्रै गरिने बताईएको छ ।

पूर्वन्यायाधीश उप्रेतीले आफ्नो किरियासमेत नगर्न र त्यसवापत लाग्ने खर्च भूकम्प पीडितलाई दिन सुसाइड नोटमा रहेको थियो । उप्रेतीले आफ्नो स्वेच्छाले देह त्याग गरेको सुसाइड नोटमा जनाईएको छ । तर के कारणले उहाँले आत्माहत्या गर्नुभएको हो भन्ने भने उल्लेख छैन ।

पूर्वन्यायाधीश उप्रेती सर्वोच्च अदालतबाट सेवानिवृत्त भएसँगै अनामनगरसस्थित पायनियल ल फर्ममा आवद्ध हुनुहुन्थ्यो । सोही ल फर्ममा सभामुख सुवासचन्द्र नेम्वाङले पनि काम गर्ने भएकाले विगत लामो समयदेखि नेम्वाङ र उप्रेतीले एकसाथ काम गर्नुभएको थियो ।

यसअघि उप्रेतीको पार्थिव शरीरमा सभामुख सुवास नेम्वाङले श्रद्धाञ्जली दिनुभएको थियो । कानुन व्यवसायी समेत रहेका नेम्वाङ उप्रेतीको निवासमै पुगेर श्रद्धाञ्जली दिनुभएको हो ।

उहाँलार्ई आफन्त, शुभचिन्तक र बिभिन्न व्यक्तित्वहरुले लामबद्ध भएर पालैपालो श्रद्धाञ्जली दिएका थिए । उनीहरु भावविह्वल मुद्रामा थिए ।

उप्रेतीका छोरा अनुपराजले बुवाको मुखमा गङ्गाजल दिएर निधारमा चुम्दा सबै भावुक भएका थिए।

प्रहरीका अनुसार तीनतले घरको दोस्रो तलाको सिलिङ फ्यानमा नाइलनको डोरीको पासो लगाएको अवस्थामा उप्रेतीलाई भेटिएको थियो ।

उप्रेतीका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा अनूप र छोरी अञ्जू दुबै वकील हुन् । उनीहरु दुबै पायनियल ल फर्ममै आवद्ध छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी