चितवनमा पराकम्पनले १ जनाको मृत्यु : दोलखामा १४ दिनदेखि पुरिएरका वृद्धको शव उत्खलन ।

चितवनमा पराकम्पनले १ जनाको मृत्यु : दोलखामा १४ दिनदेखि पुरिएरका वृद्धको शव उत्खलन ।

  • सोमवार, जेष्ठ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

काठमाण्डौ, ११ जेठ ।

गोरखा केन्द्र बनाएर गएको पाँच रेक्टर स्केलको पराकम्पनका कारण चितवनमा एक जनाको मृत्यु भएको छ ।

आज बिहान ३ बजेर २३ मिनेट जाँदा गोरखालाई केन्द्रबिन्दु बनाएर पराकम्पनका कारण दारेचोक–९ धारापानीका ६५ वर्षकी लाटीमाया चेपाङको मृत्यु भएको जिल्ला दैवी प्रकोप उद्धार समिति चितवनले जानकारी दिएको छ ।

चेपाङ बिहान पराकम्पन गए लगतै बेहोस भएका र उपचारका लागि लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको समितिले जनाएको छ । योसँगै चितवनमा भूकम्पका कारण ज्यान जानेको संख्या १० पुगेको छ ।

उता दोलखामा १४ दिनदेखि पहिरोमा पुरिएरका एक वृद्धको शव आज उत्खलन गरिएको छ ।  गत वैशाख २९ गतेको पराकम्पनपछि आएको पहिरोमा पुरिएका सुरी गाविस–२ का ७३ वर्षीय चेतबहादुर गुरुङको शव उत्खनन गरिएको हो ।

गाईबस्तु चराउन गएका गुरुङको शव सुरी गाविसको खहरे भिरबाट नेपाली सेनाको टोलीले उत्खनन गरिएको चरीकोटस्थित बर्दबहादुर गणका सेनानी रोशन पन्तले जानकारी दिनुभयो ।

वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पनबाट जिल्लामा मृत्यु हुनेको संख्या १७५ पुगेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी